अहिले तरंगमा

केहि छिनमा

Nepal Bani Khabar

समाचार

मोटिभेस्नल सेमिनार वालिङमा

वालिङ, २४ पौष ।
गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वालिङको आयोजना तथा वुमनस एण्ड गल्र्स इन आईसिटीको प्रायोजनमा महिला तथा बालबालिकाहरुको लागी एकदिने मोटिभेस्नल सेमिनार शनिबार सम्पन्न भएको छ ।  कार्यक्रममा जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आर्चायले वर्तमान युगमा शिक्षामा सुचना तथा सञ्चारको निकै ठुलो भुमिका रहने बताउनुभयो । साथै सुचना प्रविधिले महिला तथा बालबालिकाहरुलाई शसक्त बनाउने बताउनुभयो । डा.उपेन्द्र अधिकारी, डा. सुसिल कडेँल, कोसेली नेपालका अध्यक्ष ममता पौडेल, मोटिभेटर अनिल केसी, क्यानका अध्यक्ष देव बोगटी, सिइओआईटी एडुकेशनल प्रालिका अध्यक्ष मोहन राउत, वालिङ नगरपालिकाका नायव सुब्बा पदमप्रसाद पाण्डेलागयतले बोलेका थिए । संस्थाका अध्यक्ष कविता गैह्रेको सभापत्विमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव ईन्दिरा अधिकारीले गर्नुभएको थियो भने उपाध्यक्ष पुर्णकला वस्तीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा नगरभित्रका महिला तथा बालबालिका गरी ३ सय जनाको सहभागिता रहेको थियो ।