अहिले तरंगमा

Bani Bahas

केहि छिनमा

Aandhikhola Khabar

समाचार

जातिय मुक्तिसमाजको वालिङ नगरस्तरीय प्रशिक्षण

वालिङ, २४ पौष ।
नेकपा एमाले निकट उत्पीडित जातिय मुक्तिसमाजको वालिङ नगरस्तरीय प्रशिक्षण भेला आज एमाले पार्टी कार्यालय शितलनगरमा सम्पन्न भएको छ ।  कार्यक्रममा संविधानमा दलितहरुको हकअधिकारको व्यवस्था सम्बन्धी अधिवक्ता टङ्क न्यौपानेले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको उद्दघाटन गर्दै एमालेका जिल्ला उपाध्यक्ष उदय श्रेष्ठले दलित हकअधिकारको व्यवस्था संविधानमा लेखिएको भन्दै त्यसको कार्यान्वयमा जोड दिनुभयो । सोही कार्यक्रममा भेषबहादुर विकको अध्यक्षतामा ११ सदस्यीय उत्पीडित जातिय मुक्तिसमाजको नगर कमिटि गठन गरिएको छ । उपाध्यक्षमा लोकबहादुर नेपाली, सचिवमा धनबहादुर विक, सहसचिवमा मनिकला विक, कोषाध्यक्षमा मन्जु एसके रहनुभएको छ भने अन्य सदस्य रहेका छन् । जिल्ला उपाध्यक्ष तिलक विकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य छविलाल नेपालीले गर्नुभएको थियो भने स्वागत सुकुना रनपालले गर्नुभएको थियो ।