अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

सुम्रे सातपत्रे सामुदायिक वन स्वरेकको १२औँ साधारण सभा

वालिङ, २४ पौष ।
सुम्रे सातपत्रे सामुदायिक वन स्वरेक ७ स्याङजाको १२औँ साधारण सभा आज सम्पन्न भएको छ । साधारण सभाको उद्दघाटन गर्दै जिल्ला वन अधिकृत अजितकुमार कर्णले सामुदायिक वन निमुखाको धन भएको भन्दै यसको संरक्षण  तथा संर्वद्धनमा सबै उपभोक्ताहरु  लाग्नुपर्नेमा जोड दिनुभयो ।  साथै उहाँले ४० प्रतिशतबाट बृद्धि भएर ४४ प्रतिशत क्षेत्र वन क्षेत्रले ओगटेपनि अझै सोँचेअनुसार उपलब्धी हुन नसकेकोमा चिन्ता व्यक्त गदैृ वनलाई  आर्थिक उपार्जनसंग जोड्नुपर्नेमा बताउनुभयो ।  कार्यक्रममा निर्वतमान गाविस अध्यक्ष तथा कगे्रसका महासमिति सदस्य छायराम खनाल, पेखू बाघखोर कार्यालयका सहायक वन अधिकृत हेमलाल न्यौपाने, फरेष्टर सुलक्षा श्रेष्ठ, उपभोक्ता ज्ञानप्रसाद अर्याल, अमृत अर्याल, दामोदर तिवारीलगायतले बोलेका थिए । कार्यक्रममा करिव ६ लाखको आयव्याय प्रस्तुत गरिएको थियो भने वनले सिताके च्याउ र मौरी पालन समेत अगाडि बढाएको छ ।  २८२ घरधुरी उपभोक्ताहरु रहेको वनले घरेलु तथा कुटिर उद्योग सञ्चालनमा युवाहरुको आर्कषण गराउन सहुलियत दरमा श्रृण दिने समेत योजना बनाएको सचिव विष्णु अर्यालले बताउनुभयो ।  सदस्य लक्ष्मी तिवारीको स्वागतसंगै शुरु भएको कार्यक्रम अध्यक्ष प्रमेप्रसाद अर्यालको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सहसचिव जगनाथ अर्यालले गर्नुभएको थियो ।