अहिले तरंगमा

केहि छिनमा

Nepal Bani Khabar

समाचार

सिर्सीकोट गाविसको २५औँ गाउं परिषद

वालिङ, २४ पौष ।
सिर्सीकोट गाविसको २५औँ गाउं परिषद शनिबार सम्पन्न भएको छ । परिषदले आर्थिक वर्ष ०७४–७५ को लागी १ करोड २८ लाख ५० हजारको आयव्याय सार्वजानिक गरेको छ । कार्यक्रमको उद्दघाटन गर्दै जिविसका समाजपरिचालक रामप्रसाद न्यौपानेले बजेट लक्षित वर्गसमक्ष पुग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा कालिकाकोट गाविस सचिव शोभाकान्त पौडेल, नेपाली कगे्रसका कुलबहादुर गुरुङ, एमालेका गप्तबहादुर गुरुङ, माओवादी केन्द्रका चेतबहादुर गुरुङ, राप्रपाका रुदू्रमणी पराजुली, निर्वतमान गाविस अध्यक्ष डिकबहादुर गुरुङ, कृषि सेवा केन्द्र गल्याङका प्रमुख मेगराज पौडेल, घुरुङखा माविका प्रअ हरिप्रसाद पराजुली, सिर्सीकोट निमावीका प्रअ गौमती गुरुङ, शोभा  थापा, केशर बस्याल, रुपा पराजुली, देवबहादुर डाला, पृतम गुरुङ, ज्ञानबहादुर गोतामे, श्यामबहादुर गुरुङलागतयले बोलेका थिए । गाविस सचिव विष्णुप्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यालय सहयाक सिता गुरुङले गर्नुभएको थियो  भने स्वागत समाजपरिचालिका अम्बिका पराजुलीलेग गर्नुर्भएको थियो ।