अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Cine Songs

समाचार

दुई चुनाब एकैपटक अस्वीकार

साउन १५

सरकार र प्रमुख प्रतिपक्षी दलले प्रदेश सभा र प्रतिनिधि सभाको निर्बाचन एकैपटक गर्नुपर्ने भनिरहेका बेला निर्बाचन आयोगले भने त्यसलाई अस्वीकार गरेको छ । आगामी माग ७ भित्र तीन वटै तहको निर्बाचन सम्पन्न गर्न सरकारले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकैपटक गर्ने तयारी गरिरहेका बेला आयोगले भने त्यो सम्भव नरहेको बताएको हो । व्यवस्थापिका संसद अन्तरगतको सुशासन तथा अनुगमन समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले संविधान, कानुन तथा निर्वाचनको व्यवस्थापकीय र प्राविधिक दृष्टिकोणबाट दुई निर्बाचन एकैपटक सम्भव नरहेको स्पष्ट पार्नुभयो । प्रदेश सभाको निर्वाचन सम्पन्न नभएर राष्ट्रिय सभा निर्वाचन गराउन नमिल्ने बताउनुभयो । मतपत्रलगायत निर्वाचन सामग्रीको उत्पादन, ढुवानी, मतदाता शिक्षा, जनशक्तिको बन्दोबस्ती, मतदाता नामावली संकलन, मतदानस्थलको व्यवस्थापन जस्ता कारण पनि एकै पटक दुईवटा निर्वाचन असम्भव रहेको उहाँको भनाई छ । आयोगले यसअघि नै असोज अन्तिम साता प्रदेश सभाको, कार्तिकको तेस्रो साता राष्ट्रिय सभाको र मंसीरको पहिलो साता प्रतिनिधि सभा निर्वाचन गर्नेगरी तयार पारेको कार्यतालिका सरकारलाई बुझाई सकेको छ । साथै प्रमुख निर्वाचन आयुक्त यादवले असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनको तयारीको कामलाई तीव्रता दिइएको समेत जानकरी दिनुभयो । तेस्रो चरणको निर्वाचन अन्तरगत भदौ ७ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय, भदौ १२ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र भदौ २१ गते उम्मेदवार मनोनयन हुने कार्यतालिका छ ।

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...