अहिले तरंगमा

bhajan

केहि छिनमा

Prabhat Bani

समाचार

निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाब

साउन १५

प्रमुख तीन दलले जनसंख्या र भूगोललाई मुख्य आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव दिएका छन । आयोगसँग आईतबार भएको छलफलमा प्रमुख तीन दलका शिर्ष नेतृत्वलेसंविधानको मर्म अनुसार जनसंख्या र भूगोललाई मूल आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव दिएका हुन । सत्तारुढ नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले समयलाई ख्याल गरेर निर्वाचन क्षेत्र निर्धारणको काममा ढिलाई नगर्न आयोगको ध्यानाकर्षण गराउनुभयो । नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले जनसंख्या र भूगोललाई आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न सुझाव दिइएको बताउनुभयो । उहाँले एउटा मात्रै क्षेत्र भएको जिल्लालाई नचलाउँदा राम्रो हुने सझाब दिनुभयो । सत्तासाझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनसंख्या र भूगोलको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्दां मधेश केन्द्रित दलहरु पनि सहमत हुने विश्वास व्यक्त गर्नु भयो । आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि १ सय ६५ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि ३ सय ३० वटा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेछ । सोही सम्बन्धमा आवश्यक सुझाव दिन आयोगले राजनीतिक दलहरुसँग परामर्श लिन सुरु गरेको हो । आयोगले गत बुधबारदेखि निर्वाचन क्षेत्र निर्धारण गर्ने कामलाई औपचारिक रुपमै अघि बढाएको छ । सरकारले काम थालेको मितिले २१ दिन भित्र निर्वाचन क्षेत्र निर्धारणको काम गरिसक्न आयोगलाई कार्यादेश दिएको छ । आयोगले क्षेत्र निर्धारण गरेपछि मात्रै प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारी अघि बढ्नेछ । निर्वाचन आयोगले निर्वाचन क्षेत्र निर्धारणको काम तत्काल सम्पन्न गर्न सरकारसँग आग्रह गर्दै आएको छ ।

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...