अहिले तरंगमा

bhajan

केहि छिनमा

Prabhat Bani

समाचार

संसद बैठक

साउन १५

सांसदहरुले पुर्ननिर्माणको काम सन्तोषजनक नरहेको, भुकम्प प्रभावितका लागि दोश्रो किस्ता वितरण हुन नसकेको तथा सामुहिक जमानीमा दिने भनिएको ऋण सहयोग उपलब्ध नगराईएकोमा सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवस्थापिका संसदको आजको बैठकमा सांसदहरुले भूकम्पपिडितलाई दोश्रो किस्ता वितरण हुन नसकेको बारेमा छानविन गरि प्रक्रिया अघि बढाउन, जोखिममा रहेका बस्ती सार्न तथा भुकम्प प्रभावितलाई सामुहिक जमानीमा दिने भनिएको ऋण सहयोग तत्काल उपलब्ध गराउन सरकारसंग माग गरेका हुन् । एमाले सांसद रबिन्द्र अधिकारीले भूकम्पपिडितहरुले पहिलो किस्ता बुझेर दोस्रो किस्ता बुझ्न नमानेको भन्दै यस्तो अवस्था किन आयो ? भन्दै प्रश्न गर्नुभयो । नेकपा माओबादी केन्द्रका सांसद अग्नी सापकोटाले उत्तरतिरको सबैभन्दा ठुलो नाका २७ महिना देखि बन्द रहेको उल्लेख गर्दै तातोपानी नाका खोल्न चिनिया पक्ष तयार भएपनि नेपाल सरकारले के कति पहल गरेको छ त्यसबारे र पुर्व राष्ट्रपति रामबरण यादब चिन भ्रमण जादाँ चिनीया सरकारले अरनिको राजमार्ग बिस्तार गर्नका लागि दिएको १४ अर्ब ९४ करोड रकमबारे जानकारी दिन अर्थ मन्त्रालयलाइसदनमा  जानकारी दिन सरकारसंग आग्रह गर्नुभयो । साथै उहाले एक हप्ता पहिले पहिरोले पुल बगाएपछि आवातजावतमा कठिनाई भएको सिन्धुपाल्चोकको लार्चा पुलमा बेलिब्रिज लगाउन सरकारसंग माग गर्नुभयो । बैठकमा नेपाली काँग्रेसका सांसद कमलप्रसाद पंगेनीले स्याजा, पर्वत, पाल्पा तनहु, ललितपुर लगायत क्षेत्रमा  किसानले लगाएको फलफुल अन्न लगायत खेतीलाई बाँदरले ठुलो हानी पु्याएको भन्दै त्यसको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । राप्रपा सांसद कुन्तीकुमारी शाहिले सहअस्तित्व, पुर्ण धार्मिक स्वतन्त्रता सहितकोे हिन्दु राष्ट्रको पुनस्थापना गर्न आफ्नो पार्टले संशोधन प्रस्ताव पेश गरेको बताउद त्यसका लागि सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्र राय यादवले तराई क्षेत्रमा पानीका मुहान सुक्न थालेको भन्दै सिंचाईको बैकल्पिक व्यवस्था गर्न माग गर्नुभयो । समयमै सिंचाईको बैकल्पिक व्यवस्था गर्न नसके मधेसको उब्जाउ भुमि मरुभुमिमा परिणत हुने भन्दै उहाले समयमै गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाले तराई मधेसको क्षेत्रलाई सुखा क्षेत्र घोषणा गर्न, कृर्षीका लागि आबश्यक बजेट उपलब्ध गराउर्न र सिर्चाँईको ब्यवस्था गर्न र चुरे क्षेत्रको संरक्षण गर्न सरकारको ध्यानाकषर्ण गराउनुभयो । बैठकमा नेमकिपा सांसद अनुराधा थापामगर, संघिय समाजबादि फोरमका सांसद अभिषेक प्रताप शाह, , मालेका अहिन्द्र सुन्दर नेंवाङ, लगायतले बोलेका थिए ।

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...