अहिले तरंगमा

bhajan

केहि छिनमा

Prabhat Bani

समाचार

अमेरिकाले पेरिस जलवायु सम्झौताबाट बाहिरिएको जानकारी संयुक्त राष्ट्रसंघलाई गरायो

साउन २१ – अमेरिकाले संयुक्त राष्ट्रसंघलाई सन् २०१५ मा भएको जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट आफू बाहिरिएको औपचारिक जानकारी गराएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प ले गएको महिना भएको जी–ट्वेन्टी सम्मेलनको क्रममा आफ्नो देश पेरिस सम्झौताबाट बाहिरिने घोषणा गरेको थियो । तर संयुक्त राष्ट्रसंघलाई औपचारिक जानकारी भने अहिले आएर मात्रै दिइएको हो । अमेरिकी विदेश मन्त्रालयले राष्ट्रसंघलाई लेखेको पत्रमा पेरिस सम्झौताबाट बाहिरिए पनि वासिङ्टन वार्ता तथा छलफलको पक्रियामा भने खुला रहेको उल्लेख गरिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले सम्झौता अमेरिकाको हितमा नरहेको र लाखौं रोजगारी खोसिने भन्दै आफ्नो देश सम्झौतामा नरहने बताउनुभएको हो । ट्रम्पको यस्तो निर्णयको अमेरिकाका वातावरण संरक्षण विद तथा अन्तर्राष्ट्रिय समुदायले विरोध गर्दै आएका छन् ।

अब अमेरिकाले नयाँ राष्ट्रपति नपाएसम्म सम्झौतामा फर्किने सम्भावना छैन । यसको अर्थ सन् २०२० मा हुने राष्ट्रपतीय चुनावबाट चुनिएर आउनेले सम्झौतामा फर्किने निर्णय गर्न सक्ने छन् ।

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...