अहिले तरंगमा

Prabhat Bani

केहि छिनमा

Kayakairan

समाचार

नेइमारले भने–पैसाका लागि पिएसजी आएको होइन

साउन २१ – ब्राजिलियन फरवार्ड नेइमारले आफू फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जानुको कारण पैसा नरहेको बताएका छन् । मानिसले पैसाका लागि आफू बार्सिलोना छोडेर पिएसजीमा अनुबन्ध भएको सोचेका र यसले आफूलाई निराश बनाएको नेइमारले बताएका छन् । २५ वर्षका नेइमार विश्व कीर्तिमानी मूल्य २० करोड पाउण्ड स्ट्रर्लिङमा पिएसजीमा अनुबन्ध भएका हुन् । उनले अब वर्षको चार करोड ७० लाख पाउण्ड स्ट्रर्लिङ कमाइ गर्ने छन् । नेइमार पिएसजीबाट लिगको पहिलो खेल शनिबार खेल्ने सम्भावना छ । पिएसजीका अध्यक्ष नासिर अल–खेलाइफीले नेइमारले अरु कुनै क्लबमा भन्दा धेरै आम्दानी गर्ने बताएका छन् ।

नेइमारले आफू कहिले पनि पैसाबाट प्रभावित नभएको र बाहिर आएका कुरा हल्ला मात्रै रहेको बताए । पैसाका लागि भएको भए आफू विश्वको अरु कुनै क्लबमा हुने नेइमारको भनाई छ । पिएसजीले आफूमाथि विश्वास गरेकोमा खुशी लागेको उनले बताएका छन् । 

 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...