अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

जन्मदिनमा विद्यार्थीलाई पोशाक ः

 वालिङ, १६ भाद्र ।   
वालिङका एक शिक्षक, समाजसेवी तथा सञ्चारकर्मीद्वारा एक विद्यालयमा आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई पोशाक तथा स्टेशनरीका सामानहरु प्रदान गर्नुभएको छ । 
 
वालिङ ८ निवासी रेडियो आँधीखोलाका सामाजिक परिचालक  टिकराज गुरुङले आफ्नो ४९औँ जन्मदिनको अवसरमा भुम्रे माध्यमिक विद्यालयका जेहेन्दार, विपन्न, दलित विद्यार्थीलाई पढाईमा प्रेरणा मिल्ने उद्धेश्यले पोशाक तथा सामग्रीहरु वितरण गरिएको हो । 
 
गुरुङले भन्नुभयो, “जन्मोत्सवमा अनावश्यक खर्च गरेर रमाईलो गर्नुभन्दा विद्यार्थीलाई पढाईमा प्रेरित गर्ने नयाँ सोँच अनुसार यसो गरेको हुँ” । भुम्रे मावि आफ्नो मातृ पाठशाला अर्थात् त्यहीँबाट कलम समाएर लेख्न सिकेको हुँदा त्यहाँको विद्यार्थीहरुलाई केही उर्जा मिलोस भन्ने हेतूले यसपटकको जन्मदिन विद्यार्थीसंँग मनाएको बताउनुभयो । 
 
गुरुङले कक्षा १० का गोविन्द गैह्रे, ९ का उर्मिला एसके र ५ का पोषकान्त  लुईटेललाई एक÷एक थान विद्यालयको पोशाक र केही स्टेशनरीका सामानहरु वितरण गर्नुभएको थियो ।    
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...