अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

अभिमुखीकरण कार्यक्रम ः

वालिङ, १६ भाद्र ।   
फेदीखोला गाउँपालिका स्याङ्जाले जेष्ठ नागरिक स्वास्थ्य स्याहार सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ । फेदीखोलाले जिल्लामा पहिलो पटक गाउँपालिकाका ६० वर्षदेखि माथिका नागरिकको स्वास्थ्य परीक्षण, उपचार, सल्लाह तथा प्रेषण गर्ने उद्धेश्यले कार्यक्रम गरिएको हो । 
 
कार्यक्रम जेष्ठ नागरिकहरुले घर दैलोमा स्वास्थ्य सेवा उपलव्ध भएको महशुस गरुन् भन्ने उद्धेश्य कार्यक्रमको रहेको छ । त्यस्तै छोरा छोरी बैदेशिक रोजगारमा तथा शहरमा रहेको अवस्थामा ग्रामीण क्षेत्रका जेष्ठ नागरिकहरुको स्वास्थ्यमा ध्यान नपुगीरहेको अवस्थामा गाउँपालिकाले स्वाथ्य सेवालाई घर दैलोमा पु¥याउने नमुना कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । 
 
कार्यक्रममा फेदीखोला गाउँ कार्यपालिकाका स्वास्थ्य अधिकृत विष्णुप्रसाद सुवेदीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा समूहगत छलफल गरी भावी योजना, अनुगमन, मूल्याङ्कन तथा सुपरीवेक्षण खाका तयार गरेको सुबेदीले बताउनु भएको थियो ।      
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...