अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

वालिङ १० मा फुलबारी युवाक्बल गठन

वालिङ १८, भाद्र ।
सुरुवात आँफैबाट भन्ने उद्दघोषका साथ वालिङ १० मा फुलबारी युवाक्बल गठन गरिएको छ । बासुदेव ढकालको अध्यक्षतामा ६० सदस्यीय युवाक्लब गठन गरिएको हो । क्लबको उपाध्यक्षमा सुनिल राना, सचिवमा वुद्धिप्रसाद सुवेदी, सहसचिवमा निसान सुवेदी र कोषाध्यक्षमा कविता सुवेदी रहनुभएको छ भने अन्य सदस्यहरु रहेका छन् । 
गठित क्लबको उद्दघाटन गर्दै वालिङ नगरपालिका प्रमुख दिलिपप्रताप खांणले युवाहरुले समाजमा रहेका विकृति विसंगितलाई हटाउँदै सभ्य समाज निर्माण गर्नुपर्ने बताउनुभयो । साथै उहाँले राजनितिक तरंगभन्दा माथि उठेर आर्थिक क्रान्तीमा लाग्नुपर्ने भन्दै देशका सक्षम युवाहरु आफ्नै गाउँठाउँमा रहने वातावरण स्थानीय सरकारले निर्माण गर्ने बताउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष अनन्तराज गैह्रे, उद्योग वाणिज्य संघ वालिङका अध्यक्ष शोभाकान्त पौडेल, पुर्णामृत भवनी माविका प्रध्यानध्यापक पर्शुराम लम्साल, शिक्षक यामकान्त खनाल, वडा सदस्य लक्ष्मी गैह्रे, बागेश्वरी असल साशन क्लब बासका जिल्ला अध्यक्ष चुक्रबहादुर महत, शिक्षक केशवप्रसाद भट्टराई, समाजसेवी ओम शर्मा, क्लबका सल्लाहकार चिरञ्जीवि सुवेदी, समाजसेवी दिपक सुवेदी, क्लबका सदस्यद्धोय अनिल गैह्रे र बसन्त सुवेदीलगायतले बोलेका थिए । 
कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । अध्यक्ष बासुदेव ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन राजन सुवेदी र वुद्धिप्रसाद सुवेदी, स्वागत सुमिता भट्टराईले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...