अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

तरुण भेला तथा तर्दथ समिति गठन

वालिङ १८, भाद्र ।
नेपाल तरुण दल वालिङको तरुण भेला तथा तर्दथ समिति गठन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाली कागे्रसका क्षेत्रिय सभपाति अर्जुनप्रकाश अर्यालले तरुण आन्दोलनले नेपालमा अन्याय, अत्याचारको अन्त्य गर्दै नेपाली कागे्रस पार्टीलाई  प्रमुख शक्तिको रुपमा स्थापित गराउन सफल भएको बताउनुभयो । 
कार्यक्रममा वालिङ नगरउपप्रमुख कल्पना तिवारी, कागे्रसका महाधिवेसन प्रतिनिधि विष्णु पौडेल, कागे्रसका क्षेत्रिय सचिव दामोदर लम्साल, कागे्रसका नगरसचिव भुपराज बगाले, शिक्षक संघका क्षेत्रिय सचिव डण्डपानी पंगेनी, तरुणदलका क्षेत्रिय सचिव फडिनारायण  रेग्मी, नेविसंघका जिल्ला उपाध्यक्ष अर्जुन अर्याल, कोषाध्यक्ष धु्रव पंगेनी, क्षेत्रिय सभपाति विश्वास लम्साललगायतले बोलेका थिए ।
भेलाले आषिशप्रताप खांणको अध्यक्षतामा ३३ सदस्यीय नेपाल तरुण दलको तर्दथ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा गोविन्द तिवारी र सुरेश श्रेष्ठ, सचिवमा भुपराज काफ्ले, सहसचिवमा संसार श्रेष्ठ, कोषाध्यक्षमा शान्ता अर्याल, सहकोषाध्यक्षमा धनबहादुर गुरुङ रहनुभएको छ भने अन्य सदस्यहरु रहेका छन् । 
आषिशप्रताप खांणको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भुपराज काफ्ले र स्वागत सुरेश श्रेष्ठले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...