अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

जनजागरण युवाक्लबको छैठौँ वार्षिक साधारण

वालिङ १८, भाद्र ।
भिरकोट नगरपालिका १ जगतपुरमा रहेको जनजागरण युवाक्लबको छैठौँ वार्षिक साधारण सभा जनप्रतिनिधि सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै वडा अध्यक्ष दिपेन्द्र केसीले क्लबले समाजमा पु¥याएको योगदानको चर्चा गर्दै अझै रचनात्मक कार्य गर्दै अगाडि बढ्न क्लबलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा समाजसेवी ढालविक्रम खांण, आँधिखोला लघुवित्त वित्तिय संस्थाका सिईओ डोलराज केसि, स्थानीय आमा समुहहरुका अध्यक्षद्धोय दालकुमारी हमाल र हिराकुमारी केसि, लोकबहादुर केसी, जगबहादुर केसी, सुनिता केसी, सविता सिहंविकलगायतले बोलेका थिए । 
कार्यक्रममा क्लबका अध्यक्ष प्रविणविक्रम खांणले क्लबको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव अनित खांणले  लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै वडा अध्यक्ष केसी र सदस्य सवितासिहंविकलाई सम्मान गरिएको थियो । अध्यक्ष खांणको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सहसचिव ठगेन्द्र जिटिले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...