अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

टिकाजा कृषि सहकारी संस्था लिमिटेड

वालिङ १८, भाद्र ।
आधिँखोला गाउँपालिका ६ मा रहेको टिकाजा कृषि सहकारी संस्था लिमिटेड स्याङ्जाले पाचौ साघारण सभा गरेको छ । साधारण सभामा गाउँ पालिका कृषि शाखाँ प्रमुख मोहन बहादुर थापाले कृषि सहकारीले कृषि क्षेत्रमा लगानी गरेर मनग्य आम्दानी गर्न प्रयास गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा वडा सदस्य यदुनाथ ढकाल, समाजसेवी याम नारायण ढकाल, शेयर सदस्य तुलसीराम ढकाल, नन्दलाल ढकाल, समिति सदस्य लक्ष्मण बिक, लगायतले मन्तब्य राख्नु भएको थियो ।
 
 साधारणसभामा कोषाध्यक्ष मेघनाथ ढकालले ३९ लाख ५० हजार ८५ रुपैया ५७ पैसाको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । एक सय ४ जना शेयर सदस्य रहेको सहकारीले आर्थिक बर्ष ०७३÷७४ मा पाचँ लाख ३४ हजार ९ सय २९ रुपैया ९८ पैसा मुनाफा गरेको हो । १० लाख ४० हजार शेयर पुजि रहेको सहरकारीले १९ लाख १३ हजार ६ सय निक्षेप संकलन गरेको थियो । सहकारीका अध्यक्ष किरण ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिब दोलराज ढकालले गर्नु भएको थियो ।
 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...