अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

रेडक्रस दिवश स्याङजामा पनि मनाईयो

वलिङ, २० भाद्र ।
‘रेडक्रसः सबै ठाउँमा, सबैका लागि, के तपार्ईलाई थाहा छ ?’ भन्ने नाराका साथ  सोमबार नेपाल रेडक्रस दिवस मनाइएको छ ।  विसं २०२० साल भदौ १९ गते नेपाल रेडक्रस सोसाइटीको स्थापना भएको हो ।
 
स्थापनाको उपलक्ष्यमा मानवीय सेवार्थ खटिने स्वयम्सेवकको सम्मान, प्राथमिक उपचार, रक्तसञ्चार सेवा, विपद् व्यवस्थापनलगायत रेडक्रसका गतिविधिबारे अन्तक्र्रिया, बाढीपहिरो प्रभावितलाई राहत वितरण लगायत विविध कार्यक्रम गरी रेडक्रस दिवस देशभर मनाईएको हो ।
 
नेपाल रेडक्रस सोसाइटीका ७५ वटै जिल्लामा शाखा, एक हजार ५ सय ८ उपशाखा, पाँच हजार ४१० जुनियर सर्कल र ८६५ वटा युवा सर्कल छन् । ती सबै निकायमा ९० हजार स्वयम्सेवक तथा १० लाख ६० हजारभन्दा बढी सदस्य आबद्ध नेपाल रेडक्रस सोसाइटीका सञ्चार अधिकृत दिव्यराज पौडेलले जानकारी दिनुभयो ।
रेडक्रस स्थापना दिवसको अवसर पारेर नेपाल रेडक्रस सोसाइटी स्याङ्जाले सोमबार रक्तदान कार्यक्रम गरेको छ । रक्तदान जीवनदान भएकाले शाखाले आफनै भवनमा रक्तदान कार्यक्रम गरेको शाखाका मन्त्री दिनेश अर्यालले बताउनुभयो । 
दिवसमा एक महिला बन्दना लम्साल सहित ३१ जनाले रक्तदान गरेको मन्त्री अर्यालले जानकारी दिनुभयो । रेडक्रस शाखा स्याङ्जाले क्षेत्रीय ब्लड बैंक पोखराको प्राबिधिक सहयोगमा रक्तदान गरेको हो । उहाँले रक्तदानमा संकलन गरेको रगत क्षेत्रीय ब्लड बैंक पोखरामा रहने बताउनुभयो । संकलन भएको ब्लड स्याङ्जामा राख्ने लक्ष्य लिएपनि यहाँ संकलन गर्ने प्राबिधिक समस्या कारण पोखरा राख्नुपरेको मन्त्री अर्यालले बताउनुभयो । 
उहाँले अर्को पटक संकलन गर्दा रेडक्रसको समन्वयमा अब जिल्ला अस्पतालमा राख्ने ब्यवस्था मिलाउने बताउनुभयो । रक्तदान कार्यक्रममा प्रहरी उपरिक्षक गोरखसिंह भण्डारीले रक्तदान गर्नु अहिलेको सबैको आवश्यकता रहेको बताउनुभयो । उहाँले मानब शरिरमा रहेको रगत दिन दिनै परिवर्तन भैरहने भएकाले समय मिलाएर दिनुपर्नेमा जोड दिनुभयो ।    
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...