अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

आमा समूहहरुकालागि उद्यमशिलता तालिम सम्बन्धी अन्र्तक्रिया

वलिङ, २० भाद्र ।
वालिङ नगरपालिकाले वालिङ नगरभित्र रहेका १४ वटै वडाका आमा समूहहरुसँग उद्यमशिलता विकास सम्बन्धी अन्र्तक्रिया गरेको छ । 
नगरका १४ वटै वडामा रहेका विभिन्न आमा समूहहरुले हाल सञ्चालन गर्दै आएका गतिविधिहरुकाबारेमा जानकारी लिने, आमा समूहहरुकालागि आवश्यक पर्ने कार्यक्रमकाबारेमा माग संकलन गरी प्राप्त मागहरुलाई सामूहिकरुपमा सम्बोधन हुने गरी कार्यक्रमहरु लागू गर्ने उद्धेश्यले अन्र्तक्रियाको आयोजना गरिएको वालिङ नगरपालिकाका उपमप्रमुख कल्पना तिवारीले बताउनुभयो । 
सोमबार अन्तिम दिन १३ र १४ बाट २ जनाको दरले प्रतिनिधित्व हुने गरी अन्र्तक्रियामा सहभागी गराईएको थियो । विहिबारबाट शुरु गरिएको उद्यमशिलता विकास सम्बन्धी अन्तरक्रिया सोमबार सकिएको हो ।    
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...