अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

निजामती कर्मचारी युनियन

वलिङ, २० भाद्र ।
निजामती कर्मचारी युनियन (संघ) स्याङजाले आफ्नो स्थापना दिवस मनाएको छ । संघले सोमबार जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण गरी स्थापना दिवु  मनाएको हो । 
कार्यक्रममा बोल्दै जिल्ला अस्पताल विकास समितिका अध्यक्ष दिर्घनारायण मरासीनीले संघले आफ्नो स्थापना दिवस अस्पतालमा रहेका विरामीहरुसंँग मनाएको भन्दै कर्मचारी सर्वसाधारणको हकहितको लागी सदा लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख जनस्वास्थ्य प्रमुख डा. अमृत पोख्रेलले निजामती कर्मचारीहरु जनताको सेवामा प्रतिवद्ध रहेको बताउनुभयो । 
संघका जिल्ला अध्यक्ष ज्ञानप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पुरुषोत्तम कोईरालाले गर्नुभएको थियो । अस्पतालमा रहेका १२ जना विरामीहरुको लागी संघले फलफूल वितरण गर्दै शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।    
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...