अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

भ्रमण टोलीलाई वालिङमा स्वाग

वलिङ, २० भाद्र ।
वालिङ जेसीजले शाखा भ्रमणको लागी आएको एक टोलीलाई वालिङमा सोमबार स्वागत गरेको छ । जेसीजको क्षेत्र ख का तिरुपति राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष कैलाश खाकी क्षेत्री र पर्साका खैरेनी शाखा अध्यक्ष खेमराज निरौलालाई स्वागत तथा सम्मान गरिएको वालिङ जेसीजले जनाएको छ । 
कार्यक्रममा वालिङ जेसीजका पूर्व अध्यक्षहर ईन्द्रप्रसाद भुसाल, दिपक लम्साल, यज्ञप्रसाद अधिकारी, जेसीजका कानूनी सल्लाहकार यामप्रसाद अधिकारीलगायतले वालिङ आ–आफ्नो अनुभव साटासाट गर्नुभएको थियो । कार्यक्रममा वालिङ जेसीजले युवाहरुको लागी २ दिने तालिमको समेत माग गर्नुका साथै जेसीजका गतिविधिकाबारेमा अध्यक्ष शान्ता थापाले जानकारी गराउनुभएको थियो । 
क्षेत्र ख सम्मेलन पर्सामा हुने समेत कार्यक्रममा भ्रमणमा आएका टोलीले जानकारी गराएका थिए । अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष चुत्र महत र स्वागत निवर्तमान अध्यक्ष प्रदिप कोईरालाले गर्नुभएको थियो ।     
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...