अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

फोटो तथा भिडियोग्राफी

वलिङ, २० भाद्र ।
स्याङ्जा जिल्लाभरी छरिएर रहेका फोटो तथा भिडियोग्राफीहरुको जिल्ला अधिवेशन भव्यताका साथ हुने भएको छ । सदरमुकाम स्याङ्जामा फोटोग्राफर संघ स्याङ्जाले बैठक बसेर यही भाद्र २४ गते वालिङ बजार सिटीहलमा जिल्ला सम्मेलन आयोजना गरिएको बताएको छ । 
संघका अनुसार वर्तमान परिस्थिति अनुसार आधुनिक प्रविधिलाई अवलम्वन गर्दै जानुपर्ने भएकाले विभिन्न किसिमका प्रविधिकाबारेमा आवश्यक तालिम तथा प्रशिक्षण दिन पनि सम्मेलन गरिने भएको हो । 
फोटोग्राफरमा रहेको असन्तुलित अभ्यासलाई कम गर्न, व्यवसायलाई थप व्यवस्थित तथा मर्यादित बनाउन पनि सम्मेलन महत्वपूर्ण रहेको संघका पदाधीकारीहरुको दावी छ । सदरमुकाम स्याङ्जामा भएको बैठकमा प्रेम पराजुलीको संयोजकत्वमा १३ सदस्य मुल आयोजक समिति गठन गरेको छ । 
संघले जिल्लाभरीका फोटो तथा भिडियोग्राफरहरुलाई सम्मेलनमा उत्साहजनक सहभागिताका लागि पनि आह्वान गरेको छ ।   
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...