अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Cine Songs

समाचार

कम्युनिष्ट पार्टीबीच एकताको खाँचो

वालिङ, २२ भाद्र
नेकपा माओबादी केन्द्रका नेता देबप्रसाद गुरुङले कम्युनिष्ट पार्टीबीच एकताको खाँचो रहेको बताउनुभयो । माओबादी केन्द्र स्याङ्जाको जिल्ला स्तरिय भेला तथा प्रशिक्षणमा नेता गुरुङले पार्टीहरु मिल्नुको बिकल्प नभएको बताउनुभयो । 
 
उहाँले माओबादी केन्द्र बिना कसैले केही गर्न नसक्ने दाबी गर्नुभयो । उहाँले अहिलेको अवस्थामा माओबादी केन्द्र दाईँको मियो भएको ठोकुवा गर्नुभयो । स्थानीय तहको निर्वाचनमा माओबादी केन्द्र तेस्रो भएपनि राजनैतिक बिकल्पको रुपमा पहिलो भएको गुरुङको भनाई थियो । 
 
कार्यक्रममा माओबादी केन्द्रका संयोजक हरिप्रसाद अधिकारीले अन्य पार्टीभन्दा माओबादी ठिक भएको भबिष्यले देखाउने दाबी गर्नुभयो । कार्यक्रममा केन्द्रिय सचिवायल सदस्य अमृता थापा, जिल्ला सह संयोजक प्रकाश न्यौपाने, खिमकुमार बिश्वकर्मा लगायतले मन्तब्य राख्नुभएको थियो । 
 
जिल्ला इन्चार्ज शैलेन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संयोजक पारस शर्माले गर्नुभएको थियो ।    
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...