अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

वालिङमा योग शिविर

वालिङ, २२ भाद्र
स्याङ्जाको वालिङ पतञ्जली योगपीठमा बिहीबारबाट योग शिविर तथा सहप्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ । शिविरको उद्घाटन गर्दै वालिङ नगरपालिकाका नगरप्रमुख दिलीपप्रताप खांँणले स्मार्ट सिटीका स्मार्ट नागरिकहरु स्वस्थ हुनको निम्ति योग गर्नु आवश्यक रहेको बताउनुभयो । 
 
योग पद्धतिबाटै विभिन्न नशासम्बन्धी रोगलाई न्यूनिकरण गर्न सकिने भएकाले योगको धेरै फाईदा रहेको उहाँले बताउनुभयो । कार्यक्रममा पतञ्जलीका केन्द्रिय अध्यक्ष लवदेव मिश्रले योग मानिसको अभिन्न पक्ष भएकाले योगबाट हामीले मानसिक तथा शारीरिक फाईदा लिन सकिने भन्दै योगमा सरिक हुन अनुरोध गर्नुभयो । 
रघुपति लम्सालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन खगेन्द्रप्रसाद अर्यालले गर्नुभएको थियो । शिविर १५ दिनसम्म चल्नेछ ।    
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...