अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

क्यान स्याङजाको अध्यक्षमा बस्याल

वालिङ, २२ भाद्र
कम्युटर एशोसियसन महासंघ (क्यान) स्याङजाको सातौं साधारणसभा तथा चौथो अधिबेशन बिहीबार वालिङमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै वालिङ नगरपालिकाका पूर्व मेयर भोजराज अर्यालले वालिङ एक स्मार्ट सिटीको रुपमा विकसित हुँदै गर्दा कम्प्युटर व्यवसायीहरु थप सक्रिय हुनुपर्ने बताउनुभयो । 
 
साथै अर्यालले स्मार्ट सिटीमा सूचना तथा प्रविधिको भरपुर प्रयोग हुने भएकाले भरपर्दो, विश्वासनीय तथा सर्वसुलभ बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा क्यानका केन्द्रिय सदस्य जगनबहादुर गुरुङ, क्यानका सल्लाहकार तथा रेडियो आँधीखोलाका अध्यक्ष धु्रवप्रसाद शर्मा पंगेनी, क्यानका केन्द्रिय सदस्य अशोक राना, सल्लाहकार तथा उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, क्यान पाल्पाका अध्यक्ष महेश शर्मा, सल्लाहकार तथा पत्रकार महासंघ स्याङजाका अध्यक्ष ओमप्रकाश शर्मालगायतले बोल्नुभएको थियो । 
 
क्यानका उपाध्यक्ष कृष्ण बस्यालको स्वागतसंँगै शुरु भएको कार्यक्रम अध्यक्ष देव बोगटीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव मणिप्रसाद अर्यालले गर्नुभएको थियो । यसैबीच चौथो अधिवेशनले कृष्ण बस्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । 
 
समितिको उपाध्यक्षमा मणिप्रसाद अर्याल, सचिवमा उमेश गुरुङ, कोषाध्यक्षमा देवेन्द्र थापा रहनुभएको छ भने सदस्यहरुमा पदम पराजुली, जोगराज पाठक, ईश्वर पौडेल, गोविन्द गैह्रे, बीरबहादुर क्षेत्री रहनुभएको छ । त्यस्तै महाधिवेशन प्रतिनिधिहरुमा देव बोगटी, विनोद पराजुली र खेमप्रसाद भट्टराई निर्वाचित हुनुभएको छ ।    
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...