अहिले तरंगमा

bhajan

केहि छिनमा

Prabhat Bani

समाचार

प्रदेश प्रहरी प्रमुख बमद्वारा स्याङ्जा निरीक्षण

वालिङ, २२ भाद्र
प्रदेश नं. ४ का  प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमलसिंह बमले बिहीबार जिल्ला प्रहरी कार्यालय स्याङजा तथा मातहतका प्रहरी कार्यालयहरुको निरीक्षण तथा अवलोकन गर्नुभएको छ । 
 
बम प्रदेश नं. ४ अन्र्तगतका विभिन्न प्रहरी कार्यालयहरुको निरिक्षण गर्ने क्रममा बिहीबार स्याङ्जा आउनुभएको हो । बमले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी आचरण, अनुशासन, व्यवसायिक प्रहरी कार्य सम्पादन, अपराध अनुसन्धान र नियन्त्रणमा प्रहरीको सक्रियता हुनुपर्नेमा जोड दिनुभयो । 
 
प्रहरी अतिरिक्त महानिरीक्षक बमले  चाडपर्वहरु नजिकिरहेको अवस्थामा अपराधजन्य गतिविधि बढ्न सक्ने हुँदा यसको नियन्त्रणको लागि विशेष सुरक्षा कार्ययोजना बनाई प्रहरी परिचालन गरी समाजमा शान्ति सुव्यव्स्था कायम गर्न गराउन निर्देशन समेत दिनुभएको छ ।    
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...