अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Cine Songs

समाचार

अन्र्तराष्ट्रिय साक्षरता तथा राष्ट्रिय शिक्षा दिवस मनाईयो

वालिङ, २४ भाद्र ।
अन्र्तराष्ट्रिय साक्षरता तथा ३८ औँ राष्ट्रिय शिक्षा दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाईएको छ । ‘संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ नाराका साथ यो दिवस मनाईएको हो ।
 
दिवसका अवसरमा शिक्षा मन्त्रालयल तथा विभिन्न शैक्षिक निकायले विभिन्न कार्यक्रम गरी शिक्षा दिवस मनाएका हुन् । तत्कालीन राजा वीरेन्द्रले निःशुल्क र अनिवार्य प्राथमिक शिक्षाको घोषणा गरेको दिनको अवसर पारेर वि.सं. २०३१ सालबाट फागुन १२ गते मनाउने गरिएको राष्ट्रिय शिक्षा दिवस देशमा गणतन्त्रको स्थापना भएपश्चात अन्तर्रा्ष्ट्रिय साक्षरता दिवसको दिन (सेप्टेम्बर ८) मा मनाउन थालिएको छ ।
 
यस दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस र राष्ट्रिय शिक्षा दिवस सँगसँगै मनाउने गरिएको छ । स्तरीय शिक्षा सबैको अधिकार नारा तय गरेको भएपनि शिक्षामा राज्यले गर्ने लगानी वर्सेनी घट्दो छ । यसैबीच
जिल्ला शिक्षा कार्यालय स्याङ्जाको आयोजनामा ३८ आँै राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि देवानचोकस्थित भूपु सैनिक आवासीय माविमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै जिल्ला न्यायदिस रमेशकान्त अधिकारीले शिक्षाले मानिसलाई सफल बनाउने बताउनुभयो । उहाँले स्याङ्जा शैक्षिक क्षेत्रमा अग्रणी जिल्ला भएको बताउदै राज्यका हरेक तह तप्कामा स्याङ्जाका कर्मचारीहरु रहेको उल्लेख गर्नुभयो ।
स्याङ्जा शैक्षिक उर्वरभूमि भएकाले यसको इतिहासलाई जोगाई राख्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महेस आचार्य, पुतली बजार नगरपालिका प्रमुख सिमा क्षेत्री, जिल्ला समन्वय समिति उपप्रमुख दिलिपकुमार बगाले, पुतली बजार नगर उपप्रमुख महेस पुरी, नेपाल शिक्षक संघका जिल्ला सभापति लक्ष्मीप्रसाद रेग्मी, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष यामबहादुर कँुवर, एकिकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष भवानीप्रसाद ढकाल, प्याप्सन स्याङ्जाका जिल्ला अध्यक्ष हर्कबहादुर कार्की, स्याङ्जा क्याम्पस प्रमुख अर्जुनबन्धु अर्याल, भूपू शैनिक आवासीय मावि सञ्चालक समितिका अध्यक्ष किसनबहादुर श्रेष्ठ, भूपू शैनिक आवासीय माविका प्रिन्सिपल लिलाराम चौधरी, भवानी माविका विद्यार्थी गौरभ पाण्डेय, ज्योति आवासीय माविका विद्यार्थी पूर्णीमा आले लगाएतले शुभकामना मन्तव्य राख्नु भएके थियो । 
दिवसका अवसरमा जिल्ला शिक्षा कार्यालय स्याङ्जाले प्रकाशन गरेको स्याङ्जाको समग्र शैक्षिक अतिविधिको संगालो शैक्षिक दपर्णको विमोचन,  विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना तथा सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरिएको थियो । 
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले स्याङ्जाको शैक्षिक गुणस्तर वृद्वि गर्ने अभियानमा सम्पूर्ण स्याङ्जावासी एकताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपाल अधिराज्य भरी आधारभूत विद्यालय धेरै भएको जिल्ला भएको बताउदै स्याङ्जाको शैक्षिक गुणस्तरसँंगै सामुदायिक र संस्थागत विद्यालयको दुरीलाई कम गर्नुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति स्याङ्जाका अध्यक्ष सिताकुमारी सुन्दासको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले र कार्यक्रमको सञ्चालन साहायक जिल्ला शिक्षा अधिकारी बावुराम सापकोटाले गर्नुभएको थियो ।
यसैबीच भीरकोट १ बयरघारीमा रहेको भुपू सैनिक कम्युनिटी एकेडेमीले शिक्षा दिवसको अवसरमा शिक्षाको महत्व विषयक बतृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा प्राथमिक तहबाट समीक्षा राना प्रथम, विजय भण्डारी द्वितीय र कृष्ण आचार्य तृतीय भएका छन् भने माध्यमिक तहमा नितिक थापा र सिम्नी गुरुङ प्रथम, अस्मि थापा द्वितीय र दिप्सना गुरुङ तृतीय हुनुभएको थियो ।
 
प्रतियोगीहरुलाई पुरस्कार वितरण गर्दै विद्यालयका प्रिन्सीपल खेमप्रसाद भट्टराईले विद्यार्थीलाई धेरै मात्रामा प्रयोगात्मक शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । विद्यालय व्यवस्थापन समिति सदस्य तोयनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक पिताम्बर पौडेल र स्वागत शिक्षिका स्वस्तिका शाही श्रेष्ठले गर्नुभएको शिक्षक लक्ष्मण अधिकारीले जानकारी दिनुभयो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...