अहिले तरंगमा

Cine Songs

केहि छिनमा

Morden Song

समाचार

अधिकार खोज्ने ठाँउमा ताला लगाएर सडकमा आन्दोलन गर्दैमा केही नहुने मन्त्रीः लेखक

news

वालिङ २१ पौष
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले आन्दोलनकारी दललाई अधिकार खोज्ने ठाँउमा ताला लगाएर सडकमा आन्दोलन गर्दैमा केही नहुने बताउनु भएको छ । संबिधान संशोधनको प्रस्ताव स्वीकृत वा अस्विकृत गर्ने एक मात्र थलो ब्यवस्थापिका संसद भएको हँुदा संसदमा छलफल गरेर टुंग्याउनु पर्नेमा मन्त्री लेखकले जोड दिनुभयो । 
पुतलीबजार नगरपालिका १ र ९ जोड्ने आधीखोलामा पक्की पुल निर्माणको लागि छिपहट्टीयामा मंगलबार शिलान्याश गर्दे मन्त्री लेखकले  सर्वोच्च अदालतको निर्णयले राजनीतिक बृत्तमा केही सहजता पैदा गरेको बताउदै मन्त्री लेखकले स्याङ्जा सदरमुकाममा यातायात ब्यवस्था कार्यालय स्थापना, गुणीखोला — 
छोरेपाटन सुरुङ्मार्गको संभाब्यता अध्ययन र सिद्धार्थ राजमार्ग बिस्तारगरी ४ लेनको सडक मार्ग बनाउने प्रतिवद्धता जनाउनुभयो ।करिब १२ करोड १५ लाखको लागतमा निर्माण गरिने सो पुलको १ सय २० मिटर लम्वाई र ११ मीटर चौडा हुने सो पुल २ बर्ष ६ महिनामा सक्नेगरी सम्झौता भएको छ ।  
शिलान्यास कार्यक्रममा ब्यवस्थापिका सांसद द्धय कमलप्रसाद पंगेनी र राजु थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङ, सडक बिभागका महानिर्देशक देवेन्द्र कार्की, स्थानीय विकास अधिकारी महेश भट्टराई, गजिन्द्र निर्माण सेवाका प्रोपाइटर गजेन्द्रप्रकाश मल्ल, ए नेकपा माओवादी केन्द्रीय सदस्य पारश शर्मा, पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष तुलसी गिरी, सडक डिभिजन प्रमुख प्रेमप्रकाश खत्री लगायतले पुल निर्माणपछि स्याङ्जा र पर्वतका केही गाविस जोड्ने मार्ग बिस्तार भएकोमा जोड दिनुभयो ।
यसैबीच, मंगलबार मन्त्री रमेश लेखकले नेपाली कांग्रेस पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट, निर्वाचन क्षेत्र नं. २ अन्र्तगत बयरघारी — ओसेक — गुमार्दि — मसानघाट — भुरुनडाडा—रोजीखोला — बानेथोक ग्रामीण सडकको पनि शिलान्यास साथैे आरुखर्क गाविस स्थित सर्केटारीमा निर्मित पक्की पुलको पनि उदघाटन गर्नुभएको छ । 
यस्तै, जिल्ला विकास समितिमा आयोजित स्थानीय विकासको बर्तमान अवस्था, आवश्यकता र प्राथमिकता बिषयक अन्र्तक्रियामा बोल्दै मन्त्री लेखकले उचित क्षतिपूर्तिको ब्यवस्था सहित सिद्धार्थ राजमार्ग फराकिलो बनाउने जानकारी दिनुभयो । 
कार्यक्रममा ब्यवस्थापिका सांसद सदस्य द्धय कमलप्रसाद पंगेनी, राजु थापा, नेपाली कांग्रेसका सचिव कुमार राना, नेकपा एमालेका सचिव सुधिर पौडेल, ए माओवादीका केन्द्रीय सदस्य पारश शर्मा, राप्रपाका रमेश ढुंगेल, अखण्ड पाटीका गोकुल अधिकारी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैहै, उद्योग वाणिज्य संघका 
केन्द्रीय सदस्य दिपक लम्साल, स्याङ्जा अध्यक्ष नवराज सुवेदी, गल्याङका अध्यक्ष लेखनाथ भटट्राई, पूर्व जिविस सभापति रामबन्धु रेग्मी, स्थानीयबासी यदुनन्दन अर्याल लगायतले जिल्लाका आवश्यकताका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा स्थानीय विकास अधिकारी महेश भट्टराईले स्याङ्जाको सडकजन्य भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । 
कार्यक्रममा जिविस योजना अधिकृत यामप्रसाद रेग्मीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सिद्धार्थ राजमार्ग छेउछाउ बस्ती संरक्षण समिति क्षेत्र नं. १ का संयोजक मुक्तिप्रसाद रेग्मी र २ का संयोजक पिताम्बर श्रेष्ठलाई ज्ञापनपत्र बुझाउनु भएको छ । 
 

 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...