अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

जिल्ला प्रहरी कार्यालयद्धारा सार्वजानिक सुनुवाई

वालिङ, २४ भाद्र ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले शुक्रबार सार्वजनिक सुनुवाई वालिङ १ रामबाच्छामा गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै वालिङ नगरपालिका प्रमुख दिलीपप्रताप खांँणले प्रहरी एक्लैलेमात्रै शान्ति सुब्यवस्था कायम गर्न नसक्ने बताउँदै समाजमा शान्ति सुब्यवस्था कायम गर्नकालागि सर्वसाधारणको साथ आवश्यक रहेको विचार ब्यक्त गर्नुभयो ।
 
नागरिक पनि विना वर्दीका प्रहरी भएको बताउँदै प्रमुख खाँणले आफ्नो छरछिमेकमा अपराधजन्य क्रियाकलापहरु हुन नदिनकालागि समयमै प्रहरीलाई खबर गर्न जोड दिनुभयो ।
 
कार्यक्रममा प्रहरी नायब उपरिक्षक प्रकाश विष्टले जिल्ला प्रहरी कार्यालयले गरेका गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष केदार काफ्ले, नेकपा माओवादीका केन्द्रिय सदस्य हुमबहादुर गुरुङ, नयाँशक्तिका क्षेत्रीय अध्यक्ष टिकाराम रेग्मी, वालिङ उद्योग वाणिज्य संघका उपाध्यक्ष युगमाया पंगेनी, प्रेस युनियनका जिल्ला सभापति श्रीकृष्ण सिग्देल, गुरुङ राष्ट्रिय परिषदका जिल्ला अध्यक्ष पदमराज गुरुङ, तमू समाज रामबाच्छाका अध्यक्ष सोमबहादुर गुरुङ, रामबाच्छा बचत तथा श्रृण सहकारी संस्थाका अध्यक्ष हुमबहादुर गुरुङ, वालिङ टेलिभिजनका प्रबन्धक मणिप्रसाद अर्याल, स्थानीय शोभा रेग्मीलगायतले सुझाव तथा जिज्ञाशाहरु राख्नुभएको थियो ।
कार्यक्रममा स्याङजा जिल्लामा बढी मात्रामा आत्महत्या, लागूऔषधको बढ्दो प्रयोग, सवारी दुर्घटना बढेको गुनासो गरेका थिए । त्यस्तै यहाँको पार्किङ व्यवस्थापन, सवारी साधन तीव्र गतिमा हाँक्ने प्रवृत्ति, राजमार्गहरुमा अव्यवस्थित रुपमा राखिएका निर्माण सामग्रीहरुले समेत दुर्घटना बढाउने गरेको बताएका थिए ।
धनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख गोरखसिंह भण्डारीले स्वागत तथा कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो भने सञ्चालन चुत्रबहादुर महतले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...