अहिले तरंगमा

bhajan

केहि छिनमा

Prabhat Bani

समाचार

खेलकुदको सम्भावना र चुनौति बिषयक कार्यक्रम

वालिङ, २४ भाद्र ।
जिल्ला समन्वय समितिले स्याङ्जामा ब्यवसायिक, मनोरञ्जन तथा हवाई खेलकुदको सम्भावना र चुनौति बिषयक कार्यक्रम गरेको छ । 
 
स्याङ्जाको आँधीखोला उपत्यकालाई साहसिक हवाई खेलकुदको माध्यमबाट चिनाउने प्रयास स्वरुप कार्यक्रम गरिएको हो । कार्यक्रममा समन्वय समितिका प्रमुख सिता सुन्दासले स्याङ्जाको आँधीखोला उपत्यकालाई साहसिक हवाई खेलकुदले परिचित गर्न सकेमा आर्थिक बिकासमा टेवा पुग्ने बताउनुभयो ।
 
उहाँले हवाई खेलकुद विकासले स्याङ्जा, पर्वत, कास्की, गुल्मी, अर्घाखाँची,
पाल्पा, बाग्लुङको  आर्थिक विकासमा प्रत्यक्ष टेवा पुग्ने दाबी गर्नुभयो ।
त्यस्तै संस्कति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय हवाई उद्योग ब्यवस्थापन
शाखाका प्रमुख बुद्धिसागर लामिछानेले पोखरामा अन्तर्राष्ट्रिय बिमानस्थल बनेसँगै हवाई खेलकुदको मुख्य सम्भावना स्याङ्जाको आँधीखोला उपत्यकालाई मानिएको बताउनुभयो ।
 
उहाँले पोखरा सरंकोटको पश्चात सुरक्षित सम्भावनाको ठाउँ आधिँखोला भ्यालि भएको बताउनुभयो । कार्यक्रममा विश्व किर्तिमानी प्याराग्लाईडर सानुबाबु सुनुवारले स्याङ्जामा हवाई खेलकुद प्याराग्लाईडिङ, प्यारावाकिङ, ह्याङ्गग्लाइडिङ्, अल्ट्रालाईट, बेलुनिङ, प्याराट्राइकको सम्भावना रहेको बताउनुभयो ।
 
कार्यक्रममा जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठ, बाबु एडभेन्चर क्लबका अध्यक्ष कृष्णजंग केसी, पुतलीबजार नगरपालिका प्रमुख सीमा क्षेत्री, भीरकोट नगरपालिकाका प्रमुख छाँयाराम खनाल, उद्योग बाणिज्य संघका अध्यक्ष नवराज सुबेदी, पुतलीबजार नगरपालिकाका उपप्रमुख महेश पुरी लगायतले स्याङ्जामा हवाई खेलकुदको सम्भावना र चुनौतिको बारेमा धारणा राख्नुएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...