अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Cine Songs

समाचार

नेपाल तरुण दल गल्याङ

वालिङ, २४ भाद्र ।
नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल गल्याङ नगरपालिका तदर्थ समिति गठन गरिएको छ । 
कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस महासमिति सदस्य श्यामप्रसाद वस्यालले नेपाली काँग्रेसको जग भनेको तरुण दल भएके बताउदै तरुणको संरक्षणले मात्रै पार्टी बलियो हुने विचार ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस महाधिवेसन प्रतिनिधि गुरुप्रसाद भट्टराई, महेन्द्र श्रेष्ठ, नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं ३का क्षेत्रीय सभापति देवबहादुर खाँण, नेपाली काँग्रेस जिल्ला सदस्य शालिकराम वस्याल, बुद्विसागर भण्डारी, नेपाल तरुण दल स्याङ्जा क्षेत्र नं ३का क्षेत्रीय सभापति महेस भट्टराई, तरुण दल केन्द्रीय पार्षद कमल घिमिरे, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य यूवराज पाण्डेय, नेपाली काँग्रेस गल्याङ नगरपालिका वडा नं ३ संयोजक जनककुमार श्रेष्ठ, नेपाल तरुण दल स्याङ्जा सचिव चन्द्रबहादुर राना, जिल्ला सदस्य नामदेव खनाल, नेपाल विद्यार्थी स्याङ्जा क्षेत्र नं ३का क्षेत्रीय सभापति धनराज पौडेल, शिवकुमार श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य राख्नु भएक्ो थियो ।
कार्यक्रममा कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा ३७ सदस्यीय गल्याङ नगरपालिका तरुण दल तदर्थ समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा कमल गुरुङ, किसु अर्याल, सचिव भक्तबहादुर सारु र राजेन्द्र भट्टराई, सहसचिवमा राजु भट्टराई, कोषाध्यक्ष प्रतिमा वस्याललगायत अन्य सदस्य छन् ।
कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य नेपाल तरुण दल स्याङ्जाका जिल्ला सदस्य महेन्द्र पाठकले र कार्यक्रमको सञ्चालन नेपाल तरुण दलका क्षेत्रीय सचिव रमेश वस्यालले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...