अहिले तरंगमा

bhajan

केहि छिनमा

Prabhat Bani

समाचार

बिपीको १०४औँ जन्मजयन्ती स्याङजामा पनि मनाईयो ः

वालिङ, २५ भाद्र ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी शनिबार देशभर मनाईएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । यता बीपी जयन्तीको अवसरमा वालिङ ८ बीपीचोकमा रहेको बीपीको सालिकमा माल्यार्पण  तथा प्रवचन गरी मनाईएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस महासमिति सदस्य लक्ष्मीकान्त रेग्मीले राष्ट्रको रक्षा तथा राष्ट्रियताकालागि बीपीको विचार र आदर्शको राजनीतिलाई अंगाल्नु आवश्यक रहेको बताउनुभयो । नेता रेग्मीले स्वार्थलाई छाडेर देश र जनताकालागि आँफूलाई उत्सर्ग गर्ने बेला आएकाले महामानव बीपीले देखाएको बाटो हिड्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले अहिले पनि बीपीले प्रदिपादन गरेको सिद्धान्तलाई आत्मसात गरेर अगाडि बढ्न सकेमात्रै पनि नेपाली राजनीतिले ठुलो फड्को मार्ने दाबी गर्नुभयो । कार्यक्रममा काँग्रेस महासमिति सदस्य एवं पूर्व मेयर भोजराज अर्यालले बीपीको बिचार अहिले पनि उत्तिकै समय सान्दर्भिक र प्रेरणाको स्रोत भएकाले यसको कार्यान्वयन पक्ष अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो । कार्यक्रममा काँग्रेस महाधिबेशन प्रतिनिधि कल्पना तिवारी, काँगे्रसका पूर्व जिल्ला उपसभापति मुक्तिप्रसाद सुबेदी, महाधिवेशन प्रतिनिधिद्वय लक्ष्मीप्रसाद रेग्मी र विष्णु पौडेल, पूर्व क्षेत्रीय सभापति अमरलाल कर्माचार्य, काँगे्रसका वालिङ नगर कार्यबहाक सभापति भीमलाल सुवेदी, नेविसंघ जिल्ला उपाध्यक्ष अर्जुन आर्यललगायतले बीपीको राजनीतिक र साहित्यिक योगदानकाबारेमा चर्चा परिचर्चा गर्नुभएको थियो । वडा सभापति कमल सुबेदीको स्वागतसँगै शुरु भएको उक्त कार्यक्रम कार्यबाहक वडा सभापति गनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन वडा सचिव तोलाकान्त बगालेले गर्नुभएको थियो । 
 
उता वालिङ ९ भुम्रेमा पनि बीपीको सिद्धान्तमा प्रवचन गरी मनाईएको छ । कार्यक्रममा बोल्दै काँगे्रसका जिल्ला प्रतिनिधि अमरलाल कर्माचार्यले बीपी सिद्धान्तलाई आत्मसाथ गरेमा मात्रै पार्टीले सफलता प्राप्त गर्ने भन्दै बीपीको सिद्धान्तलाई अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा काँगे्रसका क्षेत्रिय प्रतिनिधि गोविन्द पंगेनी, नगर प्रतिनिधि मोहमद अली वारसीलगायतले बोल्नुभएको थियो । वडा सभापति कृष्णप्रसाद पंगेनीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन यामकान्त गैह्रेले र धन्यवाद मन्तब्य कुष्माखर न्यौपानेले गर्नुभएको थियो । 
 
त्यस्तै उता वालिङ ७ केवरेमा पनि एक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस क्षेत्रीय सभापति अर्जुनप्रकाश अर्यालले देशमा भएका परिवर्तनहरु नेपाली काँग्रेसका संस्थापक नेता विपी कोईरालाकै आदर्श र सिद्धान्तमा केन्द्रीत रहेर भएको दाबी गर्नुभयो । कार्यक्रममा महासमिति सदस्य लक्ष्मीकान्त रेग्मी, काँग्रेस नेता एवं वालिङ ५ का पार्टी सभापति नरप्रसाद रेग्मी, तरुण दल क्षेत्रीय सचिव दिपक रेग्मीलगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । वालिङ ७ का पार्टी सचिव तुल्सीराम रेग्मीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा क्षेत्रीय सदस्य गौबहादुर गुरुङले स्वागत र सभापतित्वमा बखतबहादुर गुरुङले गर्नुभएको थियो । 
 
त्यस्तै वडा नं. ११ को पार्टी कार्यालय पनि बीपी जयन्ती मनाईएको छ । बीपी जयन्तीको अवसरमा प्रवचन कार्यक्रम गरिएको थियो । कार्यक्रममा बोल्दै काँगे्रसका महाधिवेशन प्रतिनिधि लिलबहादुर रनपालले जव पार्टीले बीपीको सम्पूर्ण सिद्धान्त अवलम्बन गर्न सक्छ तव मात्रै पार्टीले पूर्ण सफलता प्राप्त गर्ने बताउनुभयो । कार्यक्रममा पूर्णामृत भवानी माविका सहायक प्रधानाध्यापक दिपक लम्साल, वडा सदस्य ताराप्रसाद पराजुली, पूर्व प्रधानाध्यापक श्यामप्रकाश पराजुली, तरुणदलका नरेन्द्र पराजुलीलगायतले बोल्नुभएको थियो । हरिहर पंगेनीको स्वागतसंँगै शुरु भएको कार्यक्रम टिकाराम पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव सुरेश अर्यालले गर्नुभएको थियो ।
 
 त्यस्तै वडा नं. १२ पनि बीपी जयन्ती मनाईएको छ । कार्यक्रममा बोल्दै काँगे्रस नेता भोजराज गुरुङले बीपीको सिद्धान्तलाई पार्टीले कहिल्यै भुल्न नहुने भन्दै उहाँको सिद्धान्तले नै पार्टी सफल हुने बताउनुभयो । कार्यक्रममा ताराबहादुर विक, दिलुप्रसाद भण्डारी, तुल्सीराम डुम्रे, जितकान्त डुम्रेलगायतले बोल्नुभएको थियो । श्यामबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन पार्टी सचिव कमल कुँवरले गर्नुभएको थियो । 
 
उता  १३ मा पनि बीपी जयन्ती मनाईएको छ । कार्यक्रममा बोल्दै काँगे्रसका जिल्ला सदस्य अर्जुनप्रसाद खनालले बीपीका सिद्धान्तलाई हामी सबैले आत्मसात गर्नुपर्ने भन्दै उहाँ देशको सच्चा देशभक्त व्यत्तित्व भएको बताउनुभयो । कार्यक्रममा नगर सदस्य युगमाया पंगेनी, हेमप्रसाद गैह्रे, नवराज गैह्रे, रामप्रसाद पाठक, बेनुप्रसाद पाठक, दुर्गाप्रसाद पाठक, हुमनाथ ढकाललगायतले बोल्नुभएको थियो । चण्डीप्रसाद पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन बालप्रसाद डुम्रे र स्वागत पूर्व उपसभापति कमलप्रसाद गैह्रेले गर्नुभएको थियो । 
 
त्यस्तै वडा नं. ५ मा पनि बीपी जयन्ती मनाईएको छ । कार्यक्रममा बोल्दै काँगे्रसमा पूर्व क्षेत्रीय सभापति एवं वडा नं. १ का वडा अध्यक्ष केदार काफ्लेले कोईराला अटल राष्ट्रवादका धनी हुनुका साथै साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी व्यत्तित्व भएकाले उहाँको विचार र सिद्धान्तलाई आत्मसात गर्नेपर्ने बताउनुभयो । कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष ढाकाराम पंगेनी, नगर कार्यसमिति सदस्य जमुना खड्का, वडा सदस्यद्वय महेश गुरुङ र कृष्णबहादुर थापा, वडा सचिव छवि आले, गोवद्र्धन गुरुङ, डोलबहादुर रानालगायतले बोल्नुभएको थियो । वडाका उपसभापति पूर्णबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव तिलक गुरुङले गर्नुभएको थियो । 
 
त्यस्तै वडा नं. १४ मा पनि बीपी जयन्ती मनाईएको छ । कार्यक्रममा बोल्दै क्षेत्रीय सचिव दामोदर लम्सालले राणा शासन अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ सालको क्रान्तिको नेतृत्व गरेका कोइराला हामी सबैको आदर्श व्यत्तित्व रहनुभएको बताउनुभयो । कार्यक्रममा महाधिवेशन प्रतिनिधि विष्णु पौडेल, नेविसंघ जिल्ला उपसभापति अर्जुन अर्याल, नेपाल शिक्षक संघका क्षेत्रीय सचिव डण्डापानी पंगेनी, तरुणदलका सभापति आशिषप्रताप खांँण, नेविसंघका जिल्ला सदस्य सन्दिप डुम्रेलगायतले बोल्नुभएको थियो । राजु कुँवरको स्वागतसँंगै शुरु भएको कार्यक्रम केशबहादुर कुँवरको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन डोलराज डुम्रेले गर्नुभएको थियो । 
 
त्यसैक्रममा स्याङ्जाको कालीगण्डकी गाउँपालिका विर्घामा पनि मनाइएको छ । कार्यक्रमको उद्घाटन गर्दै पूर्व सांसद शंकरप्रसाद पाण्डेयले बीपीको विचारलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले बीपीले देखाएको बाटो र राष्ट्रियता, लोकतन्त्र, समाजवाद बचाउने अभियानमा सवै नेपाली काँग्रेस एक भएर अगाडि बढ्न समेत आग्रह गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सचिव कुमार राना, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि गुरुप्रसाद भट्टराई, महेन्द्र श्रेष्ठ, नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं ३ का क्षेत्रीय सभापति देबबहादुर खाँण ईश्वर, पूर्व महाधिवेशन प्रतिनिधि लालगोपाल अर्याल, नेपाल तरुण दल स्याङ्जाका जिल्ला अध्यक्ष भावगत प्रकाश मल्ल, नेपाल तरुण दल स्याङ्जा क्षेत्र नं ३का क्षेत्रीय सभापति महेस भट्टराई, नेपाली काँग्रेस जिल्ला सदस्य शालिकराम वस्याल, शेरबहादुर थापा, तुलसा भट्टराई, नरबहादुर राना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । धनबहादुर राना मगरको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य नेपाल विद्यार्थी संघ क्षेत्र नं ३का क्षेत्रीय सभापति धनराज पौडेलले र कार्यक्रमको सञ्चालन नेपाल विद्यार्थी संघ पूर्व केन्द्रीय सदस्य युवराज पाण्डेयले गर्नुभएको थियो । 
 
त्यसैगरी गल्याङ नगर पालिका वडा नं २ पोखरीडाँडामा पनि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि महेन्द्र श्रेष्ठले बीपीको विचार र सिद्वान्त आज पनि उत्तिकै सान्दर्भिक रहेकोले ब्यावहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि गुरुप्रसाद भट्टराई, नेपाल तरुण दल स्याङ्जाका सचिव चन्द्रबहादुर राना मगर, शिवकुमार श्रेष्ठ, प्रदिप पाण्डेलगायतले नेपाली राजनीति तथा साहित्यिक क्षेत्रमा बीपी कोईरालाले पु¥याउनुभएको योगदानकाबारेमा चर्चा गर्नुभएको थियो । झमन कर्माचार्यको सभापत्विमा भएको कार्यक्रमको स्वागत मन्तव्य हेमा न्यौपानेले र कार्यक्रमको सञ्चालन शोभाकान्त्त भण्डारीले गर्नुभएको थियो । त्यसैगरी स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ३मा पनि विभिन्न कार्यक्रम गरी १०४ औँ बीपी जयन्ती मनाइएको छ ।     
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...