अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

४८औँ वार्षिक उत्सव तथा अभिभावक दिवश ः

वालिङ, २५ भाद्र ।
माझकोट माध्यमिक विद्यालय वालिङ ३ माझकोटको ४८औं वार्षिकोत्सव तथा अभिभावक दिवस र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले विद्यालयको भौतिक निर्माणको लागी विशेष पहल गर्नुका साथै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नको लागी स्थानीय सरकार प्रतिवद्ध रहेको बताउनुभयो । साथै उहाँले माझकोट एक पर्यटकीय गाउँ रहेकाले यहाँका महिलाहरुलाई उद्यमशील बनाउनको लागी यहाँकै स्रोतसाधन परिचालन गरी महिलाहरुलाई समृद्ध बनाउन प्रयासरत रहेको पनि बताउनुभयो । 
कार्यक्रममा स्रोतब्यक्ति पोतप्रसाद अर्याल, गुरुङ राष्ट्रिय परिषदका जिल्ला अध्यक्ष पदमराज गुरुङ,  माझकोट पोखरा सम्पर्क समिति अध्यक्ष लोकबहादुर गुरुङलागयतले बोल्नुभएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष शुकराज गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चलन शिक्षक डिवी गुरुङले गर्नुभएको थियो ।     
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...