अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

आठौं वार्षिक साधारण सभा ः

वालिङ, २५ भाद्र ।
पुतलीबजार नगपालिका १ देबिस्तानमा रहेको महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शनिबार आठांै वार्षिक साधारणसभा गरेको छ । साधारणसभामा प्रहरी उपरिक्षक गोरखसिंह भण्डारीले सहकारीहरु नाफाभन्दा पनि सेवा दिने खालको हुनुपर्ने बताउनुभयो । कार्यक्रममा डिभिजन सहकारी कार्यालयका सहकारी निरीक्षक बिष्णुप्रसाद ढकाल, स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष युवराज पराजुली, सूर्यमुखी बचत तथा ऋण सहकारीका अध्यक्ष बिपन पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रबिन्द्रप्रसाद श्रेष्ठ, सहकारीका उपाध्यक्ष चेतबहादुर पौडेल लगायतले मन्तब्य राख्नुभएको थियो । सहकारीका अध्यक्ष विश्व पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लक्ष्मीप्रसाद नेपालले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...