अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Cine Songs

समाचार

लेखा ब्यवस्थापन सम्बन्धी प्रशिक्षण

वालिङ,  २५ भाद्र |
पुतलीबजार नगरपालिकाले नवनिर्वाचित वडा अध्यक्ष, वडा सचिव, खाता सञ्चालकको लेखा ब्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ । कार्यक्रममा नगर प्रमुख सीमाकुमारी क्षेत्रीले पाएको ज्ञानलाई सही ढंगले सदुपयोग गर्ने निर्देशन दिनुभयो । उहाँले काम गर्ने समयमा समस्या परेमा पुनः प्रशिक्षणको ब्यवस्था गर्ने बताउनुभयो । 
 
कार्यक्रममा उपप्रमुख महेश पुरी, वडा अध्यक्ष तिलकराम श्रेष्ठ, कार्यपालिका सदस्य उमादेबी बस्याल, वडा सचिब कृष्णप्रसाद अर्याल लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा कोष नियन्त्रक जयराम पौडेल, कार्यकारी अधिकृत बासुदेब रेग्मी, जिल्ला समन्वय समितिका लेखा अधिकृत ताराचन्द्र ढकाल, इन्जिनियर टिकाराम रेग्मी, लेखापाल निलकण्ठ ढकाल, मनि राना, ओभरसियर अरुण पौडेलले सहजीकरण गर्नुभएको थियो । दुई दिने प्रशिक्षणमा ४५ जना सहभागी रहेको नगर प्रबक्ता ख्यामनारायण अधिकारीले जानकारी दिनुभयो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...