अहिले तरंगमा

bhajan

केहि छिनमा

Prabhat Bani

समाचार

दाजु अपहरण गरेर फिरौती माग्ने भाई सहित ३ पक्राउ

news

वालिङ, २८ भाद्र ।
नाताले दाई पर्नेलाई अपहरण गरी फिरौती माग्ने अपहरणकारी भाई सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
 
बुटवल उपमहानगरपालिका ५ बस्ने ३८ वर्षिय जनुरद्दिन मियालाई अपहरण गरी फिरौती माग्ने उनका भाई पर्ने मोहबिनदिन मियाँ सहित ३ जनालाई स्याङ्जाको गल्याङ प्रहरीले प्रक्राउ गरेको हो । जनुरद्दिनलाई अपहरण गरी ३२ लाख ५० हजार फिरौती रकमको माग्दै कुटपिट गर्ने मोहबिनदिन कान्छा बुवाको छोरा भएको प्रहरीले जनाएको छ । 
पक्राउ पर्नेमा गल्याङ नगरपालिका २ का ४० वर्षिय मोबिनद्दिन मियासगै कालीगण्डकी गाउपालिका ६ का २४ वर्षिय सुन्दरप्रसाद अधिकारी र वर्ष २७ का सन्तोष श्रेष्ठ रहेका छन् । अपहरणकारीले चप्पल तथा जुत्ता ब्यापारी मियालाई अपहरण गरी, फिरौती माग्दै कुटपिट गरि घाइते बनाएपछि अपहरणकारीले नै गल्याङ अस्पतालमा उपचारका लागि लगेको थिए ।
 
घाइते अवस्थामा रहेका जनुरद्दिन मियाले चिकित्सकलाई आफुलाई अपहरित भएर कुटपिटमा परेर घाइते भएको भन्दै प्रहरीलाई खबर गरीदिनका लागि अनुरोध गरेका थिए । पिडीत जनुरद्दिनले अपरणकारीको आखा छली नर्शको पेन गोप्य रुपमा मागेर शौचालय गई लेखेको कागज चिकित्सकलाई दिएपछि अस्पतालबाट प्रहरीले खवर पाएको थियो । कुटपिटबाट गम्भिर घाइते भएका मियाले अस्पतालमा लैजान आग्रह गर्दै फिरौती रकम दिन्छु भनेपछि अपहरणकारीले उपचारका लागि अस्पताल लगेको मियाको भनार्ई छ । 
 
अस्पतालको सूचनाको आधारमा गल्याङ अस्पतालबाट मियालाई अपहरण मुक्त गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ । 
 
प्रहरीले पिडीत मियाको बा. ८ च. ३५६२ नं. को कार र उनकै कारभित्र अपहरणकारीको कालो झोलाभित्र ३ थान खुकुरी, कालो रङको फलामको पन्चिङ १ थान, डी«ल मेसिनको ड्रिप जस्तो देखिने फलामको ६ ईन्च लम्बाईको ड्रिप १ थान फेला परेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरिक्षक चिनकपुर गुरुङले जानकारी दिनुभयो ।
 
अपहराणकारीलाई नियन्त्रणमा लिई चेकजाच गर्ने क्रममा सुन्दरप्रसाद अधिकारीको मोबाईलमा घाईते जनुरदिन मियालाई अपहरण गरी बन्दक बनाई बाधेर कुटपिट गरी फिरौती माग गरेको भिडियो रेकर्ड फेला परेको प्रहरीले जनाएको छ । 
 
अपरहणकारीले प्रयोग गरेको लु. १७ प. ९४३१ नं साईन, र  लु. २२ प. १४१२ नं. को पल्सर मोटर साईकलहरु समेत प्रहरी नियन्त्रणमा छ । पीडित पक्षले घटना सम्बन्धमा शरिर अपहरण, बन्दक तथा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेपछि पक्राउ परेका तिनै जनालाई अदालतबाट म्याद थपगरि आवश्यक अनुसन्धान शुरु गरेको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...