अहिले तरंगमा

bhajan

केहि छिनमा

Prabhat Bani

समाचार

संगठन विस्तारलाई तिब्रता

वालिङ, २८ भाद्र ।
नेपाल विद्यार्थी संघ क्षेत्र नं. २ द्वारा संगठन विस्तारलाई तिब्रता दिएको छ । यसैक्रममा मंगलबार अर्जुनचौपारी गाउँपालिका १ पञ्चकन्या माविमा नेविसंघको ईकाइ कार्यसमिति गठन गरिएको छ । चन्द्रकला काफ्लेको सभापतित्वमा ५२ सदस्यीय समिति गठन गरिएको हो ।
 
उपसभापतिमा कृष्ण अधिकारी, सचिवमा सन्दिप जिसी, सहसचिवमा राजु अधिकारी, कोषाध्यक्षमा सुनिल काफ्ले रहनुभएको छ भने अन्य सदस्यहरु रहेका छन् । कार्यक्रममा बोल्दै नेविसंघका जिल्ला अध्यक्ष अजित क्षेत्री, उपाध्यक्ष अर्जुन अर्याल, क्षेत्र नं. १ का अध्यक्ष विज्ञान भण्डारी, २ का विश्वास  लम्साल र ३ का धनराज पौडेललगायतले नेविसंघले विद्यार्थीहरुको हकहितका लागी सदैव लागिपरेको भन्दै नेविसंघमा गोलबद्ध हुन अनुरोध गरेका छन् । 
 
त्यस्तै अनेरास्ववियूले पनि वालिङ ५ जगतभञ्ज्याङस्थित महेन्द्र माविमा कमिटी गठन गरेको छ । जानवी महतको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरिएको छ । कमिटिको उपाध्यक्षमा मनु विसी, सचिवमा मनिषा पौडेल, सहसचिवमा सुस्मिता मल्ल, शिव थापा र मनिसा अर्याल, कोषाध्यक्षमा सरिता राना रहनुभएको छ भने अन्य सदस्यहरु रहेका छन् । 
 
गठन कार्यक्रममा अनेरास्ववियुका क्षेत्रीय अध्यक्ष सगुन राना, जिल्ला सदस्यद्वय सन्तोष वोस्ती, कमल रिजाल, दिलीप लुँईटेल, दिनेश खनाल र विमल भट्टराईलगायतले विद्यार्थीहरुको हरेक समस्याको समाधान गर्दै अगाडि बढ्ने बताएका छन् ।   
 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...