अहिले तरंगमा

bhajan

केहि छिनमा

Prabhat Bani

समाचार

अभिभावक भेला तथा अन्र्तक्रिया सम्पन्न

वालिङ, २८ भाद्र ।
भीरकोट ५ तिलहार नेटामा रहेको तिलहारनेटा आधारभुत विद्यालयमा शिक्षक अभिभावक भेला तथा अन्र्तक्रिया सम्पन्न भएको छ । भेलाले स्थानीय आशा थापाको अध्यक्षतामा ९ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको छ । भेलामा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु शिक्षक, अभिभावकहरुको सहभागिता  रहेको थियो । 
 
भेलामा विद्यालयमा गुणस्तरीय शिक्षा कसरी बढाउने, के कस्ता कार्यक्रम गर्ने, विद्यालयको भौतिक निर्माण तथा आर्थिक पक्षका विषयमा छलफल भएको थियो । साथै भेलाले विद्यालयमा खानेपानीको व्यवस्था र सेतो पाटी माग गरिएको छ । भेलामा बौल्दै वडा अध्यक्ष यामप्रसाद अधिकारी लक्ष्मणले खानेपानीको विषयमा नगर कार्यपालिकासंँग छलफल गरी आवश्यक प्रक्रिया अगाडि बढाईने बताउनुभयो । 
विद्यालय व्यवस्थापन समिति अध्यक्ष दामोदर तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रधानाध्यापक कृष्णप्रसाद अर्यालले गर्नुभएको शिक्षक राजन पौडेलले जानकारी दिनुभयो ।  
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...