अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Cine Songs

समाचार

चौकीको निरीक्षण

वालिङ, २८ भाद्र ।
चाड पर्व तथा निर्वाचन नदिकिँदै गर्दा जिल्ला प्रशासन तथा प्रहरी कार्यालयले अर्जुनचौपारी गाउँपालिकामा रहेका २ चौकीको निरीक्षण गरेको छ । प्रशासन तथा प्रहरीले अर्जुनचौपारी तथा रापाकोटमा रहेका प्रहरी चौकीको निरीक्षण गरेको हो भने गाउँपालिका जनप्रतिनिधिसँग भेटघाट गरेको थियो ।
 
जिल्लामा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी महेश आचार्य, प्रहरी उपरिक्षक
गोरखसिंह भण्डारी, मेजर रञ्जनकुमार कार्की र प्रहरी नायब उपरिक्षक प्रकाश
बिष्टको टोलीले चौकी तथा गाउँपालिका पुगेर अवस्थाको बारेमा बुझेको
हो । निरीक्षणमा प्रजिअ आचार्य, प्रहरी उपरिक्षक भण्डारीले चाडबाड तथा
निर्वाचनमा हुने घटना प्रति सजग रहन आग्रह गर्नुभएको थियो । 
 
त्यस्तै अर्जुनचौपारी गाउँपालिका अध्यक्ष दिर्घनाराण अर्याल, उपाध्यक्ष चिनुकुमारी गुरुङले निरक्षण टोलीलाई गाउँपालिकाको बारेमा बताउनुभएको थियो ।    
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...