अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

आँधीखोलामा जलयात्रा

news

वालिङ, १ अशोज ।
वालिङ नगरपालिकाको विकासलाई केन्द्रित गरी सञ्चालन हुँदै आएको वालिङ बहसको शनिबारको शृंखलामा जलयात्रा गरिएको छ । 
भीरकोट नगरपालिकाको वडा नं. १ हेलुदेखि वालिङ नगरपालिकाको खेलमैदानसम्मको दूरीमा आँधीखोलामा जलयात्रा गरिएको हो । वालिङ नगरपालिकासहित विभिन्न संघ संस्था तथा ब्यक्तिको सहयोगमा सञ्चालित जलयात्रामा १० वटा बोटमा करिब ६० जना सहभागी रहेका थिए ।
ऐतिहासिक महत्व बोकेको आँधीखोलाको सभ्यतालाई जोगाउन, यहाँ जलयात्राको सम्भावनासाथै प्रचार प्रसार गर्नुकासाथै विशेषगरी हाम्रो सभ्यतासँग जोडिएको आँधीखोलालाई सफा राख्नकालागि टेवा पुगोस् भन्ने हेतुले जलयात्राको आयोजना गरिएको हो ।
“आँधीखोला हाम्रो पौराणिक मान्यतासँग सम्बन्धित छ समयमै ध्यान दिएर यसको सुन्दरतालाई बचाउनुपर्छ” वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले भन्नुभयो, “आँधीखोलालाई फोहोरमुक्त बनाउन र यसलाई उपयोग गर्न मिल्ने बनाउनु हाम्रो दायित्व हो ।”
आँधीखोलाको संरक्षण तथा यसबाट हुने क्षतिको न्यूनिकरणकालागि आँधीखोलाको दुबै किनारमा बाँस तथा ठुल ठुला बोटहरु लगाउने र आँधीखोलामा माछाका विभिन्न प्रजातिहरु मासिदै गएपछि माछा बचाउनकालागि पनि नगरपालिकाले विशेष नियम बनाएर लागू गर्ने तयारीमा रहेको वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
वालिङ तथा समग्र स्याङ्जा जिल्लाको गहनाकोरुपमा रहेको आँधीखोलालाई कसरी दुषित हुनबाट बचाउन सकिन्छ भन्ने मुख्य उद्धेश्यले हेलुदेखि वालिङसम्म जलयात्रा गरिएको वालिङ बहस शृंखलाका संयोजक दिनकर नेपालले बताउनुभयो । 
जलयात्रामा वालिङ नगरपालिका, भीरकोट नगरपालिका तथा जिल्लाका विभिन्न संघसंस्था तथा ब्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा आँधीखोलालाई दुषित हुनबाट बचाउन तथा यहाँ जलयात्रालाई निरन्तरता दिन के कसरी अगाडि बढ्न सकिएला भनेर राय, सुझावहरु संकलन गरिएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...