अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

दशमीको अवसरमा शुभकामना आदान प्रदान

वालिङ, १ अशोज ।
नेपाली काँग्रेस स्याङ्जा काठमाडौं सम्पर्क मञ्चको आयोजनामा शनिबार काठमाडौंमा बिजया दशमीको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । 
कार्यक्रममा बोल्दै उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले पुरानो शिक्षा प्रणालीलाई संशोधन गरी नेपाली परिवेश सुहाउँदै नयाँ र प्राविधिक शिक्षातर्फ जोड दिनु आजको आवश्यकता भएको बताउनुभयो । 
कार्यक्रममा सांसद कमलप्रसाद पंगेनी, पूर्व मन्त्रीहरु ईन्द्रबहादुर गुरुङ, दिनबन्धु अर्याल, पूर्व सांसद मोहनप्रसाद पाण्डे, वालिङ नगरपालिकाका पूर्व मेयर भोजराज अर्याल, भीरकोट नगरपालिकाका मेयर छायाराम खनाल, नेपाल सरकारका पूर्व सचिव खेमराज रेग्मी, नेपाली काँग्रेस महासमिति सदस्यद्वय सरस्वति तिवारी, माया राना, नेविसंघ जिल्ला अध्यक्ष अजित क्षेत्रीलगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
नेपाली काँग्रेस स्याङ्जा काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष देविप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन टंकप्रसाद सुबेदीले र स्वागत मिनप्रसाद पौडेलले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...