अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

नेकपा माओबादी केन्द्र

वालिङ, १ अशोज ।
नेकपा माओबादी केन्द्र क्षेत्र नं १ ले १५ दिन भित्र संघ र प्रदेशको प्रत्यक्ष
तथा समानुपातीक उम्मेदवारको टुङ्गो लगाउने भएको छ । 
केन्द्रको क्षेत्र नं १
को भेलाले क्षेत्रिय संयोजक खिम कुमार बिश्वकर्माको संयोजकत्वमा ९ सदस्यिय
उम्मेदवार छनौट समिति गठन गरेको हो । त्यस्तै भेलाले जिल्ला सदस्य शिब
पराजुलीको संयोजकत्वमा नौ सदस्यिय आर्थिक संकलन समिति गठन गरेको हो ।
 
भेलामा जिल्ला संयोजक शैलेन्द्र घिमिरेले एमाले पछिल्लो दिनमा भारतको
इशारामा चलेको बताउदै भारतकै सहयोगमा एमाले स्थानिय तह निर्वाचनमा पहिलो
भएको बताउनुभयो । उहाँले चुनाब नजिकिदै गएकाले अब सबै नेता तथा
कार्यकर्ताहरु जनताको घर दैलोमा पुग्नुपर्ने बताउनुभयो ।  
त्यस्तै केन्द्रिय
सल्लाहकार दिपक चर्तिमगर, जिल्ला संयोजक पारश शर्मा, क्षेत्रिय संयोजक खिम
कुमार बिश्वकर्मा लगायतले निर्वाचनमा काग्रेस र एमालेको जित भए पनि समग्रमा
एजेण्डाको हिसाबले माओबादीको जित भएको बताउनुभयो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...