अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

तमु समाज सेवा समिति वालिङको २८ औं साधारणसभा सम्पन्न

वालिङ, १ अशोज ।
स्याङ्जाको वालिङमा रहेको तमु समाज सेवा समितिको २८औं साधारणसभा शनिबार सकिएको छ । साधारणसभामा बोल्दै तमु ह्युला छोजधी गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय उपाध्यक्ष लेप्टेन यामबहादुर गुरुङले गुरुङ समुदायको भाषा, कला र संस्कृतिको संरक्षणमा लाग्न सम्बन्धित सबैमा आग्रह गर्नुभयो । गुरुङ समुदायको पहिचान जोगाउँदै अर्को पुस्तामा हस्तान्तरण गर्नु हाम्रो कर्तब्य भएकाले समयमै सचेत हुन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक चिनकपुर गुरुङ, तमु ह्युला छोजधी गुरुङ राष्ट्रिय परिषदका सदस्य ममिबहादुर गुरुङ, सल्लाहकारहरु हुमबहादुर गुरुङ, फत्तबहादुर गुरुङ, लोकबहादुर गुरुङ, पूर्ण गुरुङ, भोजराज गुरुङ, तमु फ्रे छमिधीका प्रमुख ईश्वर गुरुङ, आमा समूहका अध्यक्ष लिलामति गुरुङ, सचिव सरिता गुरुङ लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
तमु समाज सेवा समिति वालिङका अध्यक्ष यामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव नविन गुरुङले र स्वागत महासचिव टिकराज गुरुङले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...