अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

कार्यालय प्रवेशमा निषेध

वालिङ, १ अशोज ।
जिल्ला प्रशासन कार्यालय कास्कीले बिचौलिया तथा लेखापढी गर्नेलाई शुक्रबारदेखि कार्यालय प्रवेशमा निषेध गरेको छ ।
कुनै पनि सेवाग्राहीको कागजपत्र लिएर कार्यालयभित्र त्यस्ता बिचौलिया तथा लेखापढी गर्ने पाइए कारबाही गरिने सहायक प्रजिअ गुरुदत्त ढकालले जानकारी दिनुभयो । कार्यालयले निःशुल्क सहायता कक्षको समेत व्यवस्था गरेको तथा स्थानीय तह र अन्य निकायबाट सिफारिस भई आएको काममा निवेदनसमेत लेख्न नपर्ने सजिलो व्यवस्था गरिएको सूचना अधिकारी ढकालले बताउनुभयो ।
बिचौलिया र लेखापढी व्यवसायीले निवेदन लेख्न भन्दै सेवाग्राहीसँग बढी पैसा असुल्ने र अनेकौं दुःख दिने गरेकाले यस्तो व्यवस्था गरिएको जिप्रकाले जनाएको छ । सो व्यवस्था मालपोत र यातायात व्यवस्था कार्यालयमा पनि छिट्टै लागू गर्ने बताइएको छ ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...