अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

तेस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो पार्टी बन्ने गुरुङको दावी

news

वालिङ, २ अशोज ।
नेकपा एमालेका प्रदेश नं. ४ का संयोजक किरण गुरुङले आज भैरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा नेकपा एमाले पहिलो पार्टीको रुपमा रहने बताउनुभएको छ । गुरुङले जसरी पहिलो र दोस्रो चरणको निर्वाचनमा जनताको अत्याधिक मतले पहिलो पार्टीको  रुपमा स्थापित भएको त्यसरी नै आज हुने निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने दावी गर्नुभएको हो । 
नेकपा एमाले प्रदेश सभा निर्वाचन क्षेत्रिय कमिटि क्षेत्र नं. ३ ले वालिङमा आयोजना गरेको क्षेत्रिय भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । गुरुङले आगामी प्रदेश र केन्द्रिय निर्वाचनमा पनि एमालेकै जित हुने बताउनुभएको हो ।
कार्यक्रममा प्रदेश उपसंयोजक गणेश तिमिल्सिना, एमाले केन्द्रिय सदस्य पदमा अर्याल, जिल्ला समन्वय समिति प्रमुख सिता सुन्दासलगायतले नेकपा एमालेप्रतिको जनताको विश्वास हिजो, आज र भोली उस्तै उत्साहपुर्ण रहने दाबी गर्नुभयो । साथै उहाँहरुले जनताको यही विश्वास र साथले नेकपा एमालेले बहुमतको सरकार प्राप्त गर्ने पनि दावी गर्नुभयो । 
कार्यक्रममा नेकपा माओवादीका केन्द्रिय सदस्यद्धय चन्द्र रोका र बालकृष्ण भण्डारी, अखण्ड नेपालका जिल्ला सचिव गोकुल अधिकारीसहित विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । एमालेका जिल्ला उपाध्यक्ष उदय श्रेष्ठको स्वागतसंँगै शुरु भएको कार्यक्रम अध्यक्ष मिन गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव सुधिरकुमार पौडेलले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...