अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

ईकाइ विस्तारलाई तिव

वालिङ, २ अशोज ।
नेपाल विद्यार्थी क्षेत्र नं. २ ले मावितहहरुमा आफ्नो ईकाइ विस्तारलाई तिव्र पारेको छ । यसैक्रममा आईतबार भिरकोट ६ मा रहेको भाग्योदय माध्यमिक विद्यालय उजेलीडाँडामा कक्षा ११ र १२ मा छुट्टछुट्टै ईकाइ समिति गठन गरिएको छ । कक्षा ११ मा सरोज थापाको सभापतित्वमा ३८ सदस्यीय समिति गठन गरिको हो । 
उपसभापतिमा ममता गुरुङ, सचिवमा नविन क्षेत्रि, सहसचिवमा रुपा गुरुङ, कोषाध्यक्षमा कमलप्रसाद पंगेनी, सहकोषाध्यक्षमा सिता पंगेनी रहनुभएको छ भने अन्य सदस्यहरु रहेका छन् । त्यस्तै  कक्षा १२ मा दिक्षा थापाको सभापतित्वमा २५ सदस्यीय समिति गठन गरिएको छ । उपसभापतिमा कृष्ण चापागाँई, सचिवमा प्रतिमा खनाल, सहसचिवमा लक्ष्मी विक, कोषाध्यक्षमा मनिषा तिवारी, सहकोषाध्यक्षमा मनिषा थापा रहनुभएको छ भने अन्य सदस्यहरु रहेका छन् । 
गठन कार्यक्रममा नेविसंघका जिल्ला उपाध्यक्ष अर्जुन अर्याल, क्षेत्रिय सभापति विश्वास लम्साल, सचिव चुत्रबहादुर महत, दिक्षान्त खांणलगायतले नेविसंघले विद्यार्थीका हरेक समस्याको समाधान गर्दै अगाडि बढ्ने बताउनुभयो । 
उता गल्याङमा रहेको भानुभक्त आर्चाय माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी सघं इकाई समिती गठन गरिएको छ ।
 
कक्षा ११ मा ३१ सदस्यीय तथा कक्षा १२ मा व्यवस्थापन सकांयमा ५१ सदस्यीय र शिक्षा सकांयमा १८ सदस्यीय गरी कुल १०० सदस्यीय कार्य समिती गठन गरिएको नेवि सघं जिल्ला सहसचिव तथा नेवि सघं गल्याङ नगरपालिकाका सयोंजक प्रदिप पाण्डेले जानकारी दिनुभयो ।
 
कक्षा ११ मा सभापतिमा विनय भट्टराई, उपसभापतिमा नमुना भट्टराई र आनन्द भट्टराई, सचिवमा मिना भण्डारी र रुपेश तामाङ, सहसचिवमा विनिता भण्डारी र कविता अधिकारी कोषाध्यक्षमा सुनिता पाण्डेय र अरुणा राना र सहसचिवमा राजु राना चयन हुनुभएको छ ।
 
यस्तै कक्षा १२ को व्यवस्थापन सकांयमा सभापतिमा विवेक ढकाल, उपसभापतिमा सन्ध्या भट्टराई, अस्मिता भण्डारी, सचिवमा करिश्मा श्रेष्ठ, सहसचिवमा भिम सिंजाली, कोषाध्यक्षमा सञ्जय वस्याल, सहकोषाध्यक्ष स्वस्तिक सापकोटा चयन हुनुभएको छ । यसैगरी  शिक्षा संकायमा विनिता भट्टराईको सभातित्वमा १८ सदस्यीय कायसमिती गठन गरिएको सयोंजक पाण्डेले जानकारी दिनुभयो ।
 
गठन कार्यक्रममा नेवि सघं क्षेत्रिय सभापति धनराज पौडेल, नेवि सघं जिल्ला सहसचिव विष्णु अधिकारी, गल्याङ वहुमुखी क्याम्पस स्ववियु सभापति प्रेम नारायण रेग्मीलगायतले विद्यार्थी हक र अधिकारका लागि सधै लडी रहने संगठन नेपाल विद्यार्थी संगठन भएकाले देशमा आपत विपत र संकटमा सधै सहयोगी भूमिका खेल्ने गरेको दाबी गर्नुभयो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...