अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

राष्ट्रिय पर्वका रुपमा संविधान दिवस मनाइँदै

वालिङ, ३ असोज ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज दुई वर्ष पूरा भएको छ । नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो । 
सरकारले संविधान जारी भएको दुई वर्ष पुगेको अवसरमा आज विशेष समारोह आयोजना गरेको छ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, उपप्रधानमन्त्रीलगायत उच्च पदस्थ सरकारी अधिकारीको उपस्थिती रहनेछ ।
संविधान जारी भएसगै आदिवासी जनजाति र मधेसी समुदायबाट उठाइएका समानुपातिक र समावेशीका मुद्दालाई सम्बोधन गर्ने क्रममा संशोधनसमेत भइसकेको छ । संविधान दिवस मुलुकभर आज हर्षोल्लासका साथ मनाइँदैछ । सो क्रममा विभिन्न राजनीतिक दलले आ–आफ्नो तवरले दिवस मनाउने कार्यक्रमसमेत घोषणा गरिसकेका छन् । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...