अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

प्राविधिक शिक्षा सम्बन्धी गोष्ठी वालिङमा

वालिङ, ३ असोज ।
रणबीर जनहित माध्यमिक विद्यालय टेक्निकल कलेज वालिङ १ खहरेमा प्राविधिक शिक्षासम्बन्धी गोष्ठी सोमबार सम्पन्न भएको छ । प्राविधिक शिक्षा व्यवसायिक परिषद केन्द्र सिटिईभिटीईले टेक्निकल कलेजहरुमा संघीय संरचना बमोजिम प्राविधिक शिक्षाको पहुँच जनस्तरसमक्ष कसरी अभिवृद्धि गर्ने भन्ने विषयमा गोष्ठीको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै प्राविधिक शिक्षा आयोगका संयोजक प्राध्यापक डाक्टर सुरेशराज शर्माले प्राविधिक शिक्षालाई समय अनुकुल गाउँगाउँमा विस्तार गर्नुपर्नेमा जोड दिँदै प्राविधिक शिक्षाको विस्तारबाट मात्रै मुलुकको सम्रग उन्नतिको सम्भावना रहेको बताउनुभयो । 
 
साथै उहाँले नेपाल सरकारले बनाएको आयोगले ३ महिनाभित्र यससम्बन्धी प्रतिवेदन समेत बुझाउने बताउनुभयो । त्यस्तै कार्यक्रममा परिषदका उपाध्यक्ष डा. कुलबहादुर बस्नेतले आयोगको उद्धेश्य, महत्व र यसले गर्ने कार्यका विषयमा जानकारी दिनुभएको थियो । कार्यक्रममा वालिङ नगरपालिका प्रमुख दिलीपप्रताप खाँंणले प्राविधिक शिक्षालाई विस्तार गर्न सकियो भने यहाँका युवाहरु खाली बस्न नपर्ने भन्दै यसमा स्थानीय सरकार पनि पूर्ण लागिपर्ने बताउनुभयो । 
 
कार्यक्रममा भीरकोट नगरपालिका उपप्रमुख सीमा कर्माचार्य, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, समाजसेवीहरु उदय श्रेष्ठ, टिकाराम पराजुली, सूर्य रेग्मी, नेपाल आदर्श क्याम्पसका प्रमुख दिपक  लम्साल, पाईनिअज माविका प्रिन्सीपल मेघराज गैहे, नेपाल आदर्श माविका प्रिन्सीपल होमकान्त गौतम, पूर्णामृत भवानी माविका प्रधानाध्यापक पर्शुराम लम्साल, दहथुम माविका प्रधानाध्यापक बेदप्रसाद अर्याल, राष्ट्रिय मावि आँपडालीका प्रधानाध्यापक युक्तबहादुर बोगटीलगायतले प्राविधिक शिक्षाको विषयमा बोल्नुभएको थियो ।  जनप्रतिनिधि, समाजसेवी, बुद्धिजिवी, शिक्षापे्रमी, शिक्षक, विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा परिषदका निर्देशक प्रमोद भट्टाचार्यले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीले गर्नुभएको थियो ।  
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...