अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

प्रजिअद्धारा पत्रकारहरुसँग भेटघाट

वालिङ, ३ असोज 
नवआगन्तुक प्रमुख जिल्ला अधिकारी महेश आचार्यले उपलब्ध पत्रकारहरुसँग भेटघाट गर्नुभएको छ ।  भेटघाटमा प्रजिअ आचार्यले पत्रकार र प्रशासनको नङ्मासुको जस्तो सम्बन्ध रहने बताउनुभयो । उहाँले जिल्ला भित्रका समस्याहरुमा दुबै पक्ष मिलेर समाधान गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माले जिल्लाको बस्तुगत अवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा पत्रकार महासंघ पुर्व अध्यक्ष प्रकाश डोटेल, उपाध्यक्ष अर्जुन काफ्ले, प्रेस युनियन अध्यक्ष श्रीकृष्ण सिग्देल, प्रेस सेन्टर अध्यक्ष प्रतिक्षा काफ्ले लगायतले मन्तब्य राख्नु भएको थियो ।
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...