अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

नेविसंघद्धारा ईकाइसमिति विस्तार

वालिङ, ३ असोज ।
नवज्योति माध्यमिक विद्यालय विरुवा गाउँपालिकामा अनेरास्ववियुको ईकाइ कमिटी गठन गरिएको छ । विद्यार्थी सुशीला भुजेलको अध्यक्षतामा ४८ सदस्यीय कमिटी गठन गरिएको हो । 
 
उपाध्यक्षमा सिर्जना रेग्मी, सचिवमा पदमा राना, सहसचिवमा पवित्रा बाग्ले, भुवानी आले, डोलीमाया थापा र कोषाध्यक्षमा सागर पौडेल रहनुभएको छ । गठन कार्यक्रममा अनेरास्ववियूका जिल्ला कमिटी उपाध्यक्ष नवराज भुसाल, क्षेत्रीय अध्यक्ष सगुन राना, जिल्ला सदस्य कमल रिजाल, वालिङ बहुमुखी क्याम्पस कमिटी सदस्य दिनेश खनाललगायतले अनेरास्ववियुले विद्यार्थीको हकहितको लागी सदैव लागीपर्ने बताउनुभयो । 
उता गल्याङ नगरपालिका वडा नम्बर ९ स्थित जानकी माध्यमिक विद्यालय अमिलाथुम पकवादीमा नेपाल विद्यार्थी सघं इकाई समिति गठन गरिएको छ । कक्षा ११ र १२ मा ३७ सदस्यीय नेविसंघ कार्य समिति गठन गरिएको नेविसंघ जिल्ला सहसचिव तथा नेविसंघ गल्याङ नगरपालिकाका संयोजक प्रदिप पाण्डेले जानकारी दिनुभयो । 
सभापतिमा लालगोपाल भट्टराई, उपसभापतिमा विष्णु माया विक र सुष्मा खनाल, सचिवमा पुष्पा गौडेल, सहसचिवमा अमृता गौडेल र प्रियंका विक, कोषाध्यक्षमा प्रतिमा ढकाल, सहकोषाध्यक्षमा सन्तोषी विक र राधिका ढकाल चयन हुनुभएको छभने अन्य सदस्यहरुमा रहनुभएको छ । 
यसैगरी कक्षा ९ र १० मा २६ सदस्यीय कार्य समिति गठन गरिएको छ । जसको सभापतिमा माधव कडेल, उपसभापतिमा अमृता खनाल र दुर्गा पाण्डे, सचिवमा प्रदिप गौडेल र अमृत खनाल, सहसचिवमा अनिसा विक र असोदा जिटी, कोषाध्यक्षमा केशव खनाल, अमृत गौडेल र शोभा थापा, सहकोषाध्यक्षमा अमृत भट्टराई, थमन सोमै र विशाल भट्टराई चयन हुनुभएको छभने अन्य सदस्यहरु छन् ।
 
समिति गठन कार्यक्रममा जिल्ला सदस्य प्रदिप पाण्डे प्रतिकार र नेपाल तरुण दल गल्याङ नगरपालिका उपाध्यक्ष किशु अर्यालले नेविसंघ सदैव विद्यार्थीहरुको हक हितका लागि लड्ने बताएका थिए ।  
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...