अहिले तरंगमा

Songs

केहि छिनमा

Aandhikhola Khabar

समाचार

रेडक्रस सर्कल गठन

वालिङ, ३ असोज ।
सिरुखर्क माध्यमिक विद्यालय भीरकोट ८ मा जुनियर रेडक्रस सर्कल गठन गरिएको छ । विद्यार्थी विकास थापाको अध्यक्षतामा ११ सदस्यीय सर्कल गठन गरिएको हो । सर्कलको उपाध्यक्षमा रनमाया गुरुङ, सचिवमा लिलबहादुर गुरुङ, उपसचिवमा केश विक, कोषाध्यक्षमा रोहित नेपाली, सहकोषाध्यक्षमा देवकुमार नेपाली, सदस्यहरुमा मनोज विक, दिनेश नेपाली, प्रमिला मल्ल, मिनु मल्ल र अनिल गुरुङ रहेका छन् । त्यस्तै शिक्षक नायकमा क्षेत्रबहादुर गुरुङ र निलकण्ठ खनाल, संरक्षकमा प्रधानाध्यापक तोलाकान्त चापागाँई रहनुभएको शिक्षक रिवनकुमार विश्वकर्माले जानकारी दिनुभयो । 
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...