अहिले तरंगमा

केहि छिनमा

bhajan

समाचार

रेडियो उदघोषण सकियो

वालिङ, ३ असोज ।
नवौँ वर्षमा प्रवेश गरेको अवसरमा सामुदायिक रेडियो स्याङ्जा एफएमले
सञ्चालन गरेको रेडियो उद्घोषण तालिमको समापन भएको छ । कार्यक्रममा
रेडियो स्याङ्जाका अध्यक्ष हेमराज अर्यालले तालिममा सिकेका अनुभवलाई उपलब्धी हुने सञ्चार माध्यममा प्रयोग गर्न आग्रह गर्नुभयो । 
 
कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष अर्जुन काफ्ले, सहभागी नृगराज जोशी, सुनिता क्षेत्री लगायतले मन्तब्य राख्नुभएको थियो । तालिममा स्टेशन म्यानेजर रमेश गोदार, समाचार प्रमुख अर्जुन काफ्ले, प्राबिधिक प्रमुख प्रमोद गुरुङ, कार्यक्रम उत्पादन प्रमुख बिनोद घताने, बिक्रम परियार, प्राबिधिक सहायक अप्सरा रानाले सहजीकरण गर्नुभएको थियो । 
भाद्र २३ गते बाट सञ्चालन भएको तालिममा २५ जना प्रशिक्षार्थी सहभागी रहेका थिए ।      
 

अभिलेखालय

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...